नेपाल–भारत उद्योग वाणिज्य संघमा नयाँ कार्यसमिति निर्वाचित

nayasamiti

 काठमाडौं। नेपाल–भारत उद्योग वाणिज्य संघको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष सौर्य शम्शेर जबराको अध्यक्षता, अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमूख आतिथ्य तथा नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीको उपस्थितिमा सम्पन्न साधारण सभाबाट आगामी २ बर्षको कार्यकालको लागि नयाँ कार्यसमिति पनि सर्वसम्मत रुपमा निर्वाचित गरेको भएको छ ।

 साधारण सभाबाट सर्बसम्मत रुपमा श्रीमती सृजना राणा अध्यक्षमा निर्वाचित भएकी छन् भने कार्यसमिति सदस्यहरुमा क्रमश:अभिमन्यू पोड्डार, आनन्द बगारिया, ज्ञानेन्द्र लाल प्रधान, हेमराज ढकाल, आरबि रौनियार, सन्दिप कुमार अग्रवाल, सैवाल घोष, सुधीर मित्तल तथा सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् ।

 संघको बिधान बमोजिम कार्यसमिति बैठकले संघको पदाधिकारी चयन गर्नुका साथै ३ जना सदस्यहरुको मनोनयन अध्यक्षले गर्ने ब्यबस्था रहेको छ । 

नव निर्वाचित अध्यक्ष राणाले नेपालमा पछिल्लो समय बिदेशी लगानी अपेक्षा अनुसार बढ्न नसकेको भएता पनि आगामी दिनहरुमा बिदेशी लगानीको क्रम निरन्तर रुपमा बढ्ने अपेक्षा रहेको वताइन ।
अध्यक्ष राणाले भारतबाट नेपालमा लगानी ल्याउने सम्बन्धमा नेपाल–भारत उद्योग वाणिज्य संघले पहल गरी रहेको, पुनरावलोकनको क्रममा रहेका दुई देश बीच २४ बर्ष अघि भएको वाणिज्य सन्धीका साथै पारवहन सन्धी, रेल सेवा सम्झौता, जल यातायात, रक्सौल–काठमाडौं रेलमार्ग, नेपाल र भारत वीचका विभिन्न विद्युतीय प्रशारण लाईनका साथै नेपाल तथा भारतमा पर्यटन प्रबद्र्धनको सिलसिलमा गत बर्ष नेपालमा सम्पन्न नेपाल–भारत संयुक्त कार्यदलको दोश्रो बैठकवाट पारित निर्णयहरुको कार्यान्वयन लगायत नेपाल भ्रमण बर्ष २०२० समेतलाई दृष्टिगत गरी नेपाल–भारत उद्योग वाणिज्य संघको तर्फबाट सकृय योगदान जारी राखी आगामी दिनहरुमा पनि सम्बन्धित सरोकारवाला सबैसंग सहकार्य गरेर अगाडी बढने पनि जानकारी गराइन ।

साधारण सभालाई सम्बोधन गर्दै प्रमूख अतिथी अर्थमन्त्री डा. युवराज खतिवडाले आउँदा दिनमा अर्थतन्त्रको सुधारका लागि सरकार प्रयासरत रहेको जानकारी गराउँदै नीजि क्षेत्रको सहयोग अपरिहार्य रहेको वताए ।

 अर्थमन्त्री डा खतिवडाले भारतबाट नेपालमा लगानी भित्राउन नेपाल–भारत उद्योग वाणिज्य संघको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अझै बिकास निर्माणलाई दु्रत रुपमा अघि बढाउन बिदेशी लगानी आवश्यक रहेको र यस दिशामा संघको भूमिका अझै महत्वपूर्ण रहने बताउनु भयो ।

 

Comments

Top