सिद्धबाबालाई ७ दिन हिरासतमै राख्न अनुमति

siddababaविराटनगर । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतले ७ दिन म्याद थप गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले म्याद थपको माग गर्दै शुक्रबार उनलाई जिल्ला अदालत उपस्थित गराएपछि अदालतले ७ दिन म्याद थप गरेको हो ।

प्रहरीले यसअघि ४ दिनको म्याद थप गराइ अनुसन्धान गरेको थियो । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले उनलाई गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै पक्राउ गरेको थियो ।

Comments

Top