घुस लिएको बाहिरिएपछि दोलखाका सिडिओ गृह तानिए

ghus

   काठमाडौं । अभियुक्तका परिवारबाट घुस लिएको बाहिरिएपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई जिम्मेवारीबाट हटाएर गृह मन्त्रालय तानिएको छ ।

पीडितले विहिबार पत्रकार सम्मेलन नै गरी मुद्दा छिन्ने क्रममा सिडिओ रिजालले पटक–पटक घुस लिएको भन्दै आरोप लगाएका थिए ।

गृह मन्त्रालयका अनुसार रिजाललाई दोलखाको प्रजिअबाट हटाएर मन्त्रालय बोलाएको जनाएको छ । तर, त्यहाँ कसलाई पठाउने भन्ने निर्णय भइसकेको भने छैन ।

प्रजिअ रिजालमाथि मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानले ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङले २१ हजार घुस लिएको आरोप पत्रकार सम्मेलन गरेर लगाएका थिए । रिजालले पहिला घुस लिएपनि विवाद भएपछि फिर्ता गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित