बार्सिलोनाद्धारा रियल मड्रिड पराजित

काठमाडौं : इएल क्लासिको भिडन्तमा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडमाथि जित हात पारेको छ । आइतबार विहान भएको खेलमा बार्सिलोनाले रियल मड्रिडमाथि ३–२ गोल अन्तरले पराजित गरेको हो । खेलमा बार्सिलोनाले तेस्रो मिनेटमा नै लिओनल मेस्सीको गोलबाट अग्रता लिएको थियो । चार मिनेटपछि नै राकिटिकले गोल गर्दै अग्रता दोब्बर पारे । १४ औं मिनेटमा रियल मड्रिडका काभासिसले गोल गरे । खेलको ३६ औं मिनेटमा रियलका एसेन्सिओले गोल गरेपछि पहिलो हाफ २–२ गोलको बराबरीमा टुंगियो । दोस्रो हाफको पाँचौं मिनेटमा नै जेरार्ड पीकेले गोल गरे । यससँगै बार्सिलोनाले प्रि सिजन टुरका तीन वटै खेल जित्यो भने रियल मड्रिड जित विहीन पुन पुग्यो । मायामीमा भएको खेलमा रियल मड्रिडका सर्जिओ सामोस प्रि सिजन टुरमा पहिलो पटक खेलेका थिए । जिनेदान जिदानले रोनाल्डो र टोनी क्रुजलाई खेलाएका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित