अबैध लागूऔषधसहित गैंडाकोटबाट डिलर पक्राउ

lagudelar

 गैडाकोट । ईलाका प्रहरी कार्यालय गैडाकोटले अबैध लागूऔषधसहित डिलरलाई पक्राउ गरेको छ । आइतबार साँझ लागूऔषधसहित दुई जना लागूऔषधका डिलरलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिएका छन्  ।

 पक्राउ पर्नेमा गैडाकोट ८ बस्ने अशोक लामा र गैडाकोट ५ बस्ने सोम गुरुङ रहेका छन् । उनीहरुको साथबाट प्रहरी टोलीले लागूऔषध नर्फिन , डाईजेपाम र फेनारगन गरी ८४ एम्पुल बरामद गरेको छ । 

पक्राउ परेका दुबैलाई हाल प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरहेको र लागूऔषध ऐन अन्र्तगत मुद्दा चलाउने तयारी भएको गैँडाकोट प्रहरीले जनाएको छ ।
भारतीय सिमा नाकाबाट लागूऔषध ल्याई यो क्षेत्रमा लागुऔषध विक्री वितरण र सेवन गर्ने सूचना पाए सँगै प्रहरीले सक्रिया बढाएको हो । पक्राउ परेका दुवै यसअघि पटक पटक पक्राउ पर्दै आएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
लागुऔषधसहित फरार अभियुक्त पक्राउ, चौरी तस्कर,गुडागर्दी नियन्त्रण, ट्राफिक व्यवस्थापन, घरेलु हिंसा, बैकिङ्ग कसुर, जुवातास, यौन व्यवसाय, अवैध मदिरा लगायतका अपराधिक कार्यहरुमा प्रहरी निरीक्षक कार्की थप कठोर भएर प्रस्तुत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित