सडक दुर्घटना : दोष कसको ?

accident

  काठमाडौं । आज विहानै सडक दुर्घटनामा परी दुई जनाको ज्यान गयो । काठमाडौंको नयाँ बानेश्वर र चितवनको दासढुंगामा भएको दुर्घटनामा परी दुई जनाको ज्यान गएको हो ।

मृतक दुबैको सनाखत हुन सकेको छैन भने ठक्कर दिने सवारी साधनको पनि पहिचान भएको छैन ।

दैनिकजसो यस्तो दुर्घटनाहरु बढिरहेका छन् । तर, दुर्घटना बढ्नुमा दोष कसको भन्ने विषयमा भने अझैसम्म खोजविन हुन सकेको छैन ।

दुर्घटनामा परेर मृत्यु भएका आफन्तहरुसँग पैसा दिएर मुद्दा मिलाएपछि त्यो घटना त्यसै सेलाउने गरेको यथार्थ हामीमाझ छर्लङ्ग छ । तर, दुर्घटना कसरी भयो र यसलाई रोकथाम गर्न के गर्नुपर्छ भन्ने विषयमा न त ट्राफिक प्रहरी नै सचेत छ न त सम्बन्धित सरकारी निकाय नै ।

एकातिर दुर्घटना हुदे वित्तिकै सवारीसाधनहरु भाग्ने गर्छन् भने अर्कोतिर कतिपय अवस्थामा त सवारी साधनहरुले ठक्कर दिई घाइते भएकाहरुलाई पुन ब्याक गरि मार्ने गरेको पनि हामीले समाचारमा नपढेका होइनौं ।

यस्तो जघन्य अपराधमा पनि किन यथार्थ छाविन हुँदैन । यति गंभिर विषयमा पनि किन सरकार मौन छ ? यस्ता दुर्घटना न्यूनिकरणका लागि के उपाय अपनाउन सकिन्छ ? यस विषयमा विस्तृत अनुसन्धान हुन जरुरी छ ।

जस्तै अहिले ट्रिपरको बनावटकै कारण बढि दुर्घटना हुने कुरा बाहिर आएको छ । त्यस्तै अब हुने यस्ता दुर्घटनामा पनि सडक यात्रु सचेत नभएर हुन् वा चालकको लापरवाहीका कारण हो पत्ता लगाउन जरुरी छ ।

कतिपय अवस्थामान चालक सहि हुँदा हुँदै पनि पैदल यात्रीका कारण दुर्घटना भएको हामीले नै देखेका छौं । तर, हामीकहाँ त्यसलाई पैदल यात्रीको दोष मानिन्न । जसले गर्दा पनि ‘हिट एण्ड रन’ झन बढ्दै गएको देखिन्छ ।

अर्कोतिर यसरी दुर्घटना हुँदा मृतकको सनाखत हुन नसक्नु र दुर्घटना गराउने सवारी सधानको पहिचान हुन नसक्नुमा चाहिं को दोषी हो भन्ने प्रश्न पनि उब्जिएको छ ।

आज विहानैको घटनालाई उदाहरण मान्ने हो भने पनि राजधानीको मुटु मानिने बानेश्वर । त्यसमाथि पनि संसद भवनको गेटमै यात्रुलाई ठक्कर दिएर भाग्ने सवारी साधनको अझैसम्म पहिचान नहुनु कस्तो विडम्बना हो ?

संसद भवनको दक्षिण गेट अगाडि सवारी साधनको ठक्करबाट अन्दाजी ५०–५५ वर्षका पुरुषको मृत्यु भएको हो ।

मृतकको टाउकोमा गम्भीर चोट देखिएको छ । आइतबार बिहान अन्दाजी ६ बजेतिर उक्त दुर्घटना भएको र ठक्कर दिने गाडी भागेको प्रहरीको भनाइ छ ।

त्यसैगरी चितवनको भरतपुर महानगरपालिका–२९ दासढुंगामा पनि आज विहानै ट्रककोे ठक्करबाट एक जनाको मृत्यु भयो ।

यहाँ सवारी साधनको पहिचान भएपनि मृत्यु हुनेमा नाम, थर र ठेगाना खुलेको छैन ।

मृतक अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मुग्लिनबाट हेटौंडातर्फ जाँदै गरेको ना ६ ख १८९६ नम्बरको ट्रकले ती पुरुषलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते उनको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान करिब ६ः२५ बजे मृत्यु भएको हो ।

११ बजे खुल्यो पहिचान

बानेश्वरमा भएको सडक दुर्घटनामा परी मृत्यु भएका पैदल यात्रुको पहिचान भएको छ ।

प्रहरीका अनुसार मृतक बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशी हुन् ।

सधैँझै आइतबार पनि मर्निङ वाकका घरबाट निस्केका जोशीलाई ठक्कर दिएर गाडी भाग्यो। विहानै भएकाले सडकमा अन्य व्यक्तिहरु थिएनन् । जसका कारण गाडीको पहिचान हुन सकेन ।

प्रहरीका अनुसार डाक्टर जोशीको घटनास्थलमै मृत्यु भएको थियो । ७२ वर्षीय जोशी एनेस्थेसियाका डाक्टर जोशीले बसुन्धरास्थित इसान चिल्ड्रेन एन्ड वुमन्स अस्पतालमा समेत काम गर्ने गरेको खुलेको छ ।

Comments

Top