विश्वकै शान्त राष्ट्रको सूचीमा नेपालको सुधार, नेपाली भूमी मिच्ने भारत भने १४१औं स्थानमा

nepal map

 काठमाडौं । नेपाल विश्वकै शान्त राष्ट्रको सूचीमा ७६ औं स्थानमा पर्दा हाम्रै भूमी मिच्ने छिमेकी मुलुक भारत भने १४१ स्थानमा परेको छ ।

१६३ स्वतन्त्र राज्य र क्षेत्रको शान्ति स्तर मापन आइसल्यान्ड पहिलो स्थानमा छ भने अफगानिस्तान अन्तिम स्थानमा छ।

इन्सिच्युट फर इकोनोमिक्स एण्ड पिस (आइइपी) ले सार्वजनिक गरेको रिपोर्टअनुसार १२ स्थान सुधार गर्दै नेपाल विश्व शान्ति सूची २०१९ मा नेपाल ७६ औं स्थानमा परेको हो।

यो ग्लोबल पिस इन्डेक्सको यो १३ औं संस्करण हो, जसमा सामाजिक सुरक्षाको स्तर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय द्वन्द्व, सैन्यकरणलगायत २३ विषयका आधारमा सूचीकरण गरिएको छ।

यसैगरी न्युजिल्यान्ड, पोर्चुगल, अष्ट्रिया, डेनमार्क, क्यानडा, सिङ्गापुर, स्लोभेनिया जापान र चेज रिपब्लिक क्रमशः शिर्ष १० स्थानमा परेका छन् भने भारत र पाकिस्तान क्रमश १४१ र १५३औं स्थानमा परेका छन् ।

दक्षिण एसियाली देशमा भुटान सबभन्दा अगाडि १५ औं स्थानमा छ। ७२ औं स्थानमा श्रीलङ्का, १०१ स्थानमा बङ्लादेश रहेको छ ।

Comments

Top