कामविहीन अभिनेत्रीहरु

heroin

  काठमाडौं । कुनै बेलाकी चलेकी अभिनेत्री रेखा थापा हिन्दू राष्ट्रको माग गरेर सडकमा छिन् । उनको दल राप्रपा (संयुक्त)ले हिन्दू राष्ट्रको माग गरेर रथयात्रा गरेको छ । रथयात्रामा थापाले पार्टीका कार्यकर्तालाई हिन्दू राष्ट्रको पक्षमा उकासे रहेकी छन् ।

झण्डै साढे तीन दशक पूरा गरेकी अभिनेत्री थापाले फिल्म खेल्ने र बनाउन भन्दा पनि राजनीति गर्न तिर आफूलाई केन्द्रीत गरेकी छन् । उनले लामो समयदेखि फिल्म पनि खेलेकी छैनन् । उनले फिल्म पनि बनाएकी छैनन् ।

अभिनेत्री थापाले मात्रै होइन अरु थुप्रै अभिनेत्रीहरु चलचित्र भन्दा बाहिर बसिरहेका छन् । । यतिबेला चलचित्रलाई वाइपास गर्नेहरुमा अभिनेत्री निरुता सिंह, अभिनेत्री करिश्मा मानन्धर, शिल्पा पोखरेल, सम्पदा बानियाँलगायतका छन् ।

उनीहरुले चलचित्रमा काम नपाएका हुन् वा नखेलेका हुन् अझैसम्म उनीहरुले आफ्ना समर्थकहरुलाई जानकारी गराउन सकेका छैननन् । उनीहरुले बेलाबखत म्युजिक भिडियो खेल्ने बाहेकका काम गरेका छैनन् ।

त्यसैले पनि दर्शकहरुले उनीहरुलाई नरुचाएपछि काम नपाएका हुन् कि भन्ने आशंका पैदा भएको छ । निर्माता, निर्देशकहरुले यी अभिनेत्रीहरुलाई काम दिन डराउँछन् ।

कुनै बेलाका चर्चित यी अभिनेत्रीहरुलाई लाखौँ रुपैयाँ लगानी भएका फिल्महरु डुब्न नदिन नखेलाइएको बुझिएको छ । त्यसो त नयाँ पुस्ताले यी अभिनेत्रीहरुलाई रुचाउन छाडेको चर्चा छ ।

यता, अभिनेत्री निरुता सिंह काठमाडौंमा बस्न छाडेकी छिन् । उनी अधिकांश समय मुम्बईमा बस्दै आएकी छिन् । उनले नेपाली फिल्म पाउनै छाडेकी छिन् ।

अर्की अभिनेत्री सञ्चिता लुइँटेलले पनि फिल्म खेल्न छाडेकी छिन् । अभिनेता निखिल उप्रेतीसँग विवाह गरेपछि सञ्चिताको फिल्म यात्रा टुटेको हो । केही साना व्यानरका फिल्ममा खेले पनि उनले दोहोरिएर फिल्म खेल्न सकिनन् ।

हुन त काम नपाएपछि अभिनेत्रीहरुले देश छाड्ने क्रम पनि चलेको छ । थुप्रै अभिनेत्रीहरुले देश छाडिसकेका छन् ।

छविराज ओझासँग लफडा भएपछि मुद्धा मामिलाको झमेलामा परेकी शिल्पा पोखरेलको हातमा पनि काम छैन । उनले म्युजिक भिडियोहरु खेलेर दिन काट्ने गरेकी छिन् । पोखरेलले आफूलाई पारिवारिक तनाबबाट अलिक टाढा बनाउन खोजेकी छिन् । होम प्रोडक्सनका धेरै फिल्म खेलेकी पोखरेललाई ठूला व्यानरले फिल्म खेलाएका छैनन् ।

रिमा विश्वकर्मा, केकी अधिकारी जस्ताले पनि राम्रा फिल्म पाएका छैनन् । पछिल्लो समय अधिकारीले फिल्म नपाउनुमा उनको शरीरलाई लिने गरिन्छ ।

उनको शरिर मोटो भएका कारण निर्माताहरुले फिल्म खेलाउन रुचाएका छैनन् । निशा अधिकारी वैवाहिक जीवनमा लागेपछि फिल्मपाएकी छैनन् ।

उता, एउटा फिल्म खेलेर उत्पात मच्चाएकी पत्रकार ऋषिधमला पत्नी एलिजा गौतम धमलाले स्वीम कस्ट्युम लगाएको फोटो लिक गरेर सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् ।

सामाजिक सञ्जालमा एलिजाको आलोचना भएको छ । आफ्ना गोप्य अंगहरु देखिने गरेर एलिजाले स्वीमिङ पुलमा नुहाउँदै गरेको तस्वीर सामाजिक सञ्जालमार्फत बाहिर ल्याएकी हुन् ।

एलिजाले बनाएको फिल्म अनुरागले लगानी उठाउन सकेको थिएन । फिल्मबाट एलिजाले ठूलो अपेक्षा गरेकी थिइन् ।

उनको फिल्म फ्लप भएपछि पुनः क्यानडा फिर्ता भएकी छिन् । साना छोरा र छोरीलाई काखीच्यापेर एलिजा क्यानडा पुगेकी हुन् । केहीदिन अगाडि पत्रकार धमला पनि क्यानडा पुगेका थिए ।

Comments

Top