चार दिने भ्रमण सकेर आज स्वदेश फर्किंदै बंगलादेशका राष्ट्रपति हमिद

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमण पूरा गरी आज स्वदेश फर्किँदैछन् ।
स्वदेश फर्किनुअघि उनले आज चन्द्रागिरि हिल्स र पाटन दरबार स्क्वायर अवलोकन गर्नेछन् । उनी शुक्रबार बिहान ११ बजे चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर जाने कार्यतालिका छ ।
सदभावना भ्रमणका लागि गत मंगलबार काठमाडौं आएका राष्ट्रपति हमिदले सोही दिन भक्तपुर दरबार स्क्वायर अवलोकन गरेका थिए भने विहिबार पोखरा घुम्न पुगेका थिए ।
बुधबार दिनभर भने उनी उच्चस्तरीय भेटवार्तामा व्यस्त भए
उनले पोखराको फेवातालमा डुंगा सयर गरे भने रुपाकोट रिसोर्टबाट प्राकृतिक सुन्दरता अवलोकन गरे । उनी पोखरामा करिब पाँच घण्टा बिताएर उनी बिहीबारै काठमाडौं फर्किएका थिए ।
राष्ट्रपति हमिद शुक्रबार अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने र करिब पाँच बजे त्यहाँबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ । उनलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_xEX5hfNLhi_ntm7ngidmqnstoimketrpwk9sqxq0sogwjyju3aaqqnhcbmbtgzyacjefwb9.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_2iAF3Opk5R_zolwncz6kzzngatu9gz9ktrm0xbampgwsiekxmhduzr0v675kojmbkcvsbfz.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_HhYocVHe0S_hunq242qofxt8uucye0ejjuwwrwxhkkvjocfmodtqytsqvpuuyoorjgan0ua.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_PQofOxTq6L_ax43fxekkj9irjkgrael6uw2uc7kn0dargf1lg49p6mvjouuv33axnwownqu.jpg)
प्रतिक्रिया