ससुराका उम्मेदवारलाई ज्वाँइले हराए

काठमाडौं । नेपाली कांग्रेस निकटको संस्था नेपाल स्वास्थ्यकर्मी संघको निर्वाचनबाट रोचक नतिजा देखा परेको छ । भ्रष्टाचार आरोपमा मुद्दा खेपेर पनि अध्यक्षमा रामजी घिमिरेले तेस्रोपटक विजयी भएर ह्याट्रिक हानेका छन् ।
घिमिरे ओमप्रसाद उपाध्याय भन्दा ११४ मत बढी ल्याएर विजयी भए । घिमिरे कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । त्यसैगरी महासचिवमा दीपकराज भट्टले प्रतिद्वन्द्वी शंकर कडेँललाई पराजित गरी विजयी भए । स्वतन्त्र उम्मेदवार रहेका भट्टलाई पूर्वबहादुर खड्का र दिलेन्द्र बढुले समर्थन गरेका थिए ।
यता, बरिष्ठ उपाध्यक्षमा भने ज्वाँइ–ससुराकै लडाई देखियो । युवा नेता गगन थापाले वरिष्ठ उपाध्यक्षमा रामचन्द्र साहलाई उम्मेदवार बनाएका थिए भने थापाकै ससुरा नेता अर्जुन नरसिंह केसीले दिपक मुडभरीलाई समर्थन गरेका थिए । रामचन्द्र साह २६२ मत पाएर विजयी भए भने उनका प्रतिद्वन्द्व दिपक मुडभरी र भवानी शर्माले क्रमशः १६७ र ९९ मत प्राप्त गरे ।
गगन थापा स्वास्थ्य मन्त्री हुँदा साहलाई स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रारमा नियुक्ति गरेका थिए । उनै साहलाई जिताउन थापाले मुडभरी खेमाकै भवानी शर्मालाई चुनावमा लडाएका थिए ।
थापा मैदानमा नदेखिएपनि सहयोगीद्धय प्रताप पौडेल र कृष्ण रिजाललाई प्रयोग गरी साहलाई जिताउनका लागि थापाले शर्मालाई विद्रोही उम्मेदवार बनाएका थिए ।
मुडभरीलाई आफ्नै ससुरा अर्जुन नरसिंह केसीको समर्थन रहेको थाहा पाउँदा समेत थापाले ससुराविरुद्ध नै भूमिका खेलेर अन्तर्घातको काम गरेको कांग्रेस नेताहरुले आरोप लगाएका छन् ।
यसबारेमा मुढभरीसँग प्रतिक्रिया लिन खोज्दा ‘निर्वाचनमा घात अन्तर्घात भएको पक्कै हो तर, कसले के गरे भन्ने विषयमा म बोल्न चाहन्न भन्दै पन्छिए ।
यता, खुल्ला उपाध्यक्षमा देवाराज लामिछाने निर्विरोध निर्वाचित भए । कोषाध्यक्षमा सुरेश पासवान विजयी भए । त्यसैगरी संघको महिला उपाध्यक्षमा रमिला चौलागाईँ, सरकारीतर्फ उपाध्यक्षमा किरण ओली, निजी तर्फ उपाध्यक्षमा साहिला गिरी निर्वाचित भए ।(यूनाइटेड पोस्ट साप्ताहिक )

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_LGZ8rjuJIz_wbxlg5vrac27xx3b1lw3lip3au371qzu6brvmui3z3nxtkl45fgptc1zbcfs.jpg)
प्रतिक्रिया