अदालतको सेटिङमा भारतीय नागरिकलाई नेपाली वंशज नागरिकता ?

केही समय सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि हुण्डीमार्फत करोडौं अवैध सम्पत्ति कमाएको भन्दै उनी विरुद्ध उजुरी परेको थियो । तर, विभागले उनलाई उल्टै संरक्षण गरेको चर्चा छ । अहिले उनै साहले आफूलाई शंका लाग्ने प्रत्येक ब्यक्तिलाई सम्पत्ति शुद्धीकरणसँग मिलेर धम्क्याउन थालेको बुझिको छ ।
झुटो विवरण पेश गरी नेपाली बंशज नागरिकता लिएको अभियोगमा साहलाई गत २०७५ चैत्र ७ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश अर्जनप्रसाद कोइरालाको इजलासले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
त्यसपछि साह त्यसको विरुद्ध उच्च अदालत ललितपुर पुगेका थिए । उच्च अदालत ललितपुरका न्यायाधीशद्धय प्रभा बस्नेत र कृष्णबहादुर थापाको इजलासले पुर्पक्षमा रहेका साहलाई पछि ठहरे बमोजिम हुने भन्दै २ लाख ५० हजार रुपैयाँ धरौटी लिएर छाडेको थियो । अहिले तिनै भारतीय साह नेपाली कानुन र प्रशासनलाई पैसामा किन्न तल्लिन रहेका छन् ।
भारतको नेता चोक, जोगवनी विहार स्थायी ठेगाना घर भएका साहले मोरङ जिल्ला केरौन वडा नम्बर–९ (हाल कानेपोखरी गाउँपालिका वडा नम्बर–२) बाट नेपाली बंशज नागरिकता लिएको प्रमाणसहित काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो ।
तत्पश्चात काठमाडौंका तत्कालिन प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले पक्राउ गरी कारबाही अनुसन्धान गर्न भन्दै काठमाडौं प्रहरी परिसरलाई पत्राचार गरेपछि उनी पक्राउ परेका थिए । उनले झुटा विवरण पेश गरी लिएको उनको नागरिकतामा बाबुको नाम स्व.अनुपलाल साह छ भने बाजेको शान्ति साह उल्लेख छ ।
बाबु र बाजे दुवैको मृत्यु भइसकेको उनले विवरण भरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङबाट २०५६ साल ९ महिना १३ गतेको निर्णय अनुसार लिएको उक्त नागरिकताको नम्बर ४६०७९ रहेको छ । उनले नेपालबाट नागरिकता लिँदा भने आफ्नो नाम परिवर्तन गर्दै शंकर साह राखेका छन् ।
काठमाडौंमा फलफुलको ब्यापार गर्दै आएका साहले उक्त नागरिकता जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०६४ साल ९ महिना १० को निर्णानुसार प्रतिलिपी निकालेको देखिएको छ । काठमाडौंबाट निकालिएको नागरिकताको प्रतिलिपी प्रमाणपत्र नम्बर ४६०७९/३२४७ रहेको छ ।
शंकर साह उर्फ ‘शम्भु’ को बाबुको बास्तविक नाम विश्वनाथ साह हो । शम्भुले नेपालबाट झुटा विवरण पेश गरी निकालेको नागरिकतामा आफ्नो बाबु अनुपलाल साहको मृत्यु भइसकेको जनाएता पनि उनको बाबु विश्वनाथ साह उनीसँगै कुलेश्वरमा बस्दै आएका छन् ।
साहका जिवित बाबु विश्वनाथले खाद्य किनारा बजारमार्ग कुलेश्वरस्थित फलफुल बजारको सटर नम्बर १० मा पसल सञ्चालन गरिरहेका छन् । शम्भुका बाबु–आमालाई नै उक्त पसलमा भेटिने गरेको र उनीहरु भारतीय भएको समेत अन्य ब्यापारीहरुले प्रहरीमा बयान दिएका थिए । जबकी शंकर अर्थात शम्भुले सोही ठाउँमा २० नम्बरको सटर भाडामा लिएर फलफुलको पसल सञ्चालन गरिरहेका छन् ।
उनले आफ्नो नागरिकताकै आधारमा आफ्नी श्रीमतीको पनि अंगीकृत नेपाली नागरिकता बनाउन सफल भएका छन् । नागरिकताकै आधारमा उनले काठमाडौं महानगरपालिकामा आफ्नो विवाह दर्ता गराएको समेत भेटिएको छ । त्यसैगरी, नेपाल फलफुल तथा तरकारी संघको र उनीबीच भएको भाडा सम्झौंतामा भने उनले आफ्नो असली नाम शम्भुकुमार साह नै लेखेका छन् ।
कामनपा कुलेश्वर–१४ स्थित सन्त तुलसीदास फ्रुट सेन्टर प्रालि सञ्चालन गर्दै आएका शम्भुलाई आन्तरिक राजश्व कार्यालय काठमाडौंको क्षेत्र नम्बर–३ बाट कार्यालयमा उपस्थित हुन काटिएको एक पत्रमा पनि उनको भारतीय नाम शम्भु साह नै उल्लेख छ ।
उनले नेपाली वंशज नागरिकताकै आधारमा सवारी चालक अनुमतिपत्र समेत लिएका छन् ।
जसमा उनको ठेगाना विराटनगर उपमहानगरपालिका मोरङ लेखिएको छ भने नागरिकता नम्बर पनि मोरङबाटै झुटा विवरण पेश गरी लिएको ४६०७९ नम्बर रहेको छ । उनले कतै नेपाली त कतै भारतीय नाम प्रयोग गर्न थालेपछि उनी भारतीय नागरिक भएको पोल खुलेको थियो । शम्भुको सोही गल्तीका कारण नक्कली विवरण पेश गरी नेपाली बंशज नागरिकता लिएको पोल खुलेको थियो । भारतीय मतदाता परिचयपत्रमा उनको नाम शम्भुकुमार साह नै उल्लेख छ भने बाबुको नाम विश्वनाथ साह ।
विश्वनाथका चारजना छोराहरु क्रमशः शम्भुुकुमार, शंकर, अशोक र अजय साह रहेको नगरपञ्चायत जोगबनीको मतदाता नामवलीबाट प्रष्ट देखिन्छ । उनको नेता चोक जोगबनीस्थित एबीआई बैंकमा रहेको खाता नम्बर ००००००११४५८५७७५३२ हो ।
त्यसो त, उनले चलाउँदै आएको फेसबुक आइडीमा पनि उनको नाम शम्भु साह नै उल्लेख थियो । अहिले फेसबुकमा समेत उनको फोटो र नाम परिवर्तन भइसकेको छ । झुटा विवरण पेश गरी लिएको नागरिकता खारेज हुने मात्र नभई लिने तथा दिलाउने ब्यक्तिलाई समेत जेल सजाय हुने कानुनी प्रावधान रहेको छ ।
अहिले उक्त मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधिन रहेको छ । के अब भारतीय नागरिक शम्भु साह अर्थात शंकरले लिएको वंशज नागरिकता खारेज होला त ?
के हुन्छ दण्ड सजायः
नागरिकता ऐन २०६३ को महल २१ अनुसार कुनै विदेशीले नेपाली नागरिक भएको दावी गरी झुटा विवरण पेश दिई नेपाली नागरिकता प्राप्त गरेकोमा १ बर्षदेखि ५ बर्षसम्म कैद वा ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय प्रावधान छ । साथै झुटो विवरण दिई नागरिकता प्राप्त गरेबापत उक्त उफदफा बमोजिम सजाय भए त्यसरी प्राप्त गरेको नागरिकता स्वत रद्द हुने उल्लेख छ ।
सोही महलको २ मा, कुनै विदेशीलाई झुटो विवरणको आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा फिसारिस गर्ने ब्यक्तिलाई ६ महिनादेखि ३ बर्षसम्म कैद वा २५ देखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।
उनलाई नेपाली नागरिकता लिन सिफारिस गर्ने मिश्र थरका सचिवको मृत्यु भइसकेको छ । त्यसो त, कानेपोखरी गाउँपालिका वडा नम्बर–२ का बर्तमान वडाध्यक्ष सुशील बुढाथोकीले शम्भुलाई बंशजमा नागरिकता लिन सिफारिस गर्ने तत्कालिन वडा सचिवको मृत्यु भइसकेको र शंकर भन्ने ब्यक्तिको कुनै सम्पत्ति वा बसोबास गरेको प्रमाण नभेटिएको बताए । (यूनाइटेड पोस्ट साप्ताहिक )
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_skKoHwDBmN_syky1qyvyedqoyvakeuasghhiizcf7lz8k6ambqjmdk7mkydt2g7w2wjg7oa.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_snHh3cQXru_t5z8gbai562qxcllr3sddzaqlzwd4kf8n0zzgsrpeix2mvgj49xsthty9nwe.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_yOyZKnMKBv_odhkkqg5abkb7xcbofoq2flxqx6nlvquemdviykihq9qq4xjv8urscb6fqer.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_qcUNG4AWuE_fafzo4vwahtctw2yxrmggzitz55b1vizwjltrmvjrlkbavbp1ue9mzilhn8s.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_6eVItf8xkk_aeqoacrozjausxkwthas1e54nrr60mymwv0h3po4muvdanpretivg9xgrbfe.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_s5T1LnAMyt_sehz5oajjbq90vm117tnh38nnv2rwliroj9k1khoofmy3lpvibl4pk1mfwbm.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_ELNoOcZxpR_agzsrtrrd178fyeclgin9h993nkivqeinrcwdloziagultcrozq4mzbyowhi.jpg)
प्रतिक्रिया