सिमा बिबाद चलिरहँदा कालापानी क्षेत्रमा भारतीय हेलिकोप्टर

kalapanigasti

 दार्चुला । दार्चुलासँग सीमा जोडिएको क्षेत्रमा भारतीय सेनाको सक्रियता बढेको छ। भारतले कालापानी क्षेत्रमा सुरक्षा बढाइरहे पनि नेपालतर्फको सुरक्षा उपस्थिति भने शून्य रहेको छ । आइतबार दिनभरि सेनाको हेलिकोप्टर सयौं पटक धारचुलाबाट कालापानीसम्मको क्षेत्रमा ओहरदोहोर गरेको थियो।

 धार्चुलाबाट कालापानी क्षेत्रमा थप सुरक्षाकर्मी ओसारेको स्थानीयको अनुमान छ। खलंगासँग जोडिएको भारतको धारचुला तहसिल र नेपाल-चीन-भारतको त्रिदेशीय सीमा क्षेत्रमा केही दिनयता भारतीय सुरक्षाकर्मीको आवागमन बढिरहेको छ।

 यसबारेमा भारतीय पक्षले कुनै जानकारी दिएको छैन भने सीमाका जनतालाई पनि त्यस्तो असहज भएको छैन। नेपालको अतिक्रमित भूमि कालापानी क्षेत्रमा भारतीय सुरक्षाकर्मीको उपस्थिति पहिलेदेखि भए पनि १०0१५ दिनयता बढ्दो रहेको नेपाल पत्रकार महासंघका अध्यक्ष शंकर धामीले बताए।

भारतको उतराखण्ड राज्यको पिथौरागढ जिल्ला सदरमुकाममा सेनाको बी गे्रड छ। धारचुलाबाट कालापानीसम्मको एक सय किलो मिटर क्षेत्रका दर्जन स्थानमा सुरक्षा ब्यारेक र पोस्ट छन्। त्रिदेशीय सीमा क्षेत्रमा चार हजार सुरक्षाकर्मी तैनाथ छन्।

 

Comments

Top