ठगी मुद्दामा रूपज्योतिका परिवारमाथि पनि अनुसन्धान हुँदै

काठमाडौं । ठगीको आरोपमा उद्योगी डा. रूपज्योति पक्राउ परेपछि ज्योति समूहका अन्य सदस्यहरू पनि पक्राउ पर्न सक्ने सम्भावना बढेको छ।
उनलाई छोरीसँगै बिहीबार साँझ प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। जग्गा खरिद प्रकरणमा ठगीको आरोप लागेका डा. रूपज्योति सञ्चालक रहेको ल्यान्डमार्क डेभलपर्स कम्पनीमा उनीबाहेक दाजु पद्मम ज्योति, छोराहरू सौरभ ज्योति, अभिक ज्योति, सहृदय ज्योतिलगायतका परिवारका सदस्यहरू पनि सञ्चालक रहेको हुँदा ठगी प्रकरणमा उनीहरूसमेत तानिन सक्ने स्रोतले बताएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वाध्यक्ष रहेका पद्मम ज्योति र हालको कार्यसमितिका वरिष्ठ सदस्य सौरभ ज्योतिसमेत सञ्चालक रहेका छन्। नेपालको चर्चित औद्योगिक घराना ठगी प्रकरणमा मुछिएपछि यो घटनालाई छिटो टुंग्याउन औद्योगिक क्षेत्रका अगुवाहरू लागेका छन्।
ज्योतिलाई ल्यान्डमार्क डेभलपर्सले घरजग्गा बिक्रीका निम्ति सर्वसाधारणसँग रकम उठाएर घरजग्गा नदिएको आरोप लागेको छ।
कम्पनीका दुई सञ्चालक पक्राउ परेको अवस्थामा अन्य सञ्चालकहरूले उन्मुक्ति पाउन नसक्ने स्रोतको दाबी छ।
यस प्रकरणमा ११ जनाविरुद्ध उजुरी परेको भनिए पनि अहिलेसम्म डा. ज्योति र उनकी छोरी सुरुची ज्योति मात्रै पक्राउ परेका छन्। प्रहरीले उजुरी परेका अन्य व्यक्तिको नाम सार्वजनिक गरेको छैन।
ठगी काण्डमा नेपालको ठूलो औद्योगिक घरानाका सबै सदस्यहरू तानिन सक्ने खतरा बढेको छ। साथसाथै नेपालको औद्योगिक क्षेत्रमा समेत यसले तरंग सिर्जना गरेको छ।
नेपालमा आफूविरुद्ध ठगीको मुद्दा चलिरहँदा सिंगापुरमा रहेका रूप ज्योति विमानस्थलबाटै पक्राउमा थिए। डा. रूप ज्योतिका दाजु पद्म ज्योतिलगायतका परिवारका सदस्यहरू व्यावसायिक कामका निम्ति हाल नेपालमा नरहेको जनाइएको छ। स्रोतका अनुसार पद्म ज्योति भारतमा र सौरभ एवम् सहृदय ज्योति जापानमा रहेको बताइएको छ।
रूप ज्योतिका बाबुछोरीलाई काठमाडौं जिल्ला अदालतले शुक्रबार तीन दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_pAvmWJ0g5m_4s0iuatftbiiecthvuka7gmjjhhteszvx8ezqvmjkktrnbm6dexx7dsvyomt.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_Z3xsBaHP4E_xir9cqwet5qjjwgylnorpuaiagmkdrksdahjndc8krfxdkb0l6byxkffuama.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_YxEpboEjLl_8tyntemgukao6j5yty8lcnfynu10dvf2eld0kj36juwigu36vfkkk2j8bdrg.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_kH5H20oTxz_axxxusnafoinlvicesgasc77m6mkyvfgwcwamsk7vekyyloijx3wijxoqquk.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_1Xok3rLz5k_zcofuyjair3e7qzafrondl19nlptdqqewisazvdrszyeobstb6g83nc3kra2.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_CY5yBSp782_xki9pewfcakntf2jn6dm0cg2v2yyxupoej6otxocvmzsn9atejk9helup9un.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_4KfBULCvId_46xmnszg0mqhocdsqc55no6yuonncsty9fdecjbaxhk5rqezxkaa9slwis4q.jpg)
प्रतिक्रिया