डिल्लीबजार कारागारमा तीन भिआईपी कैदी

dillikara

 काठमाडौं । जबरजस्ती करणी उद्योगमा निवर्तमान सभामुख कृष्णबहादुर महरा जेल चलान भए ।

 काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि महरालाई सदरखोर डिल्लीबजार लगिएको छ। कारागारमा पूर्वआईजीपी रमेशचन्द ठकुरीसँगै महरालाई सदरखोर डिल्लीबजारको ‘क’ ब्लकमा राखिएको छ ।

 ठकुरी सुडान घोटालामा सर्वोच्च अदालतबाट दोषी ठहर भई जेल परेका हुन् । यसअघि उक्त कोठामा सुडान घोटाला प्रकरणमा सर्वोच्चबाट दोषी ठहर भएका पूर्वआईजीपी ओमविक्रम राणालाई समेत राखिएको थियो । राणा जेल सजाय भुक्तान गरी रिहा भइसकेका छन् ।

महरालाई जिल्ला अदालतबाट सोमबार बेलुका  सदरखोर डिल्लीबजारमा ल्याइएको थियो । प्रहरी हिरासतमा रहँदा महरालाई उनकै आग्रहमा नर्भिक अस्पतालको बेडमा राखिएको थियो । तर अहिले भने उनले अस्पताल जान आग्रह नगरेको बुझिएको छ। उक्त कारागारमा टिकापुर घटनाका दोशी रेशम चौधरीलाई पनि राखिएको छ।

Comments

Top