भारतीय अभिनेत्री गीताञ्जलीको निधन

gitanjali

   काठमाडौं । दक्षिण भारतीय अभिनेत्री गीताञ्जली रमाकृष्णको हृदयघातको कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

मुटुमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। उनको बिहीवार हैदराबाद अपस्पतालमै निधन भएको हो।

गीताञ्जलीले ५ सयभन्दा बढी हिन्दी, तेलगु, तमिललगायतका फिल्महरुमा अभिनय गरेकी छिन्।

उनले सन् १९६१ मा तेलगु फिल्म ‘सीताराम कल्याणम’ बाट फिल्मी करियर सुरु गरेकी थिइन्। त्यो फिल्ममा उनले सीताको भूमिका निर्वाह गरेकी थिइन्।

उनी अभिनित तेलगु फिल्म ‘महालक्ष्मी’ प्रदर्शनको तयारीमा रहेको छ। फिल्म ‘महालक्ष्मी’ अभिनेत्री कंगना रनावतको फिल्म ‘क्वीन’ को तेलगु रिमेक हो।

प्रतिक्रिया

सम्बन्धित