लक्ष्मीको मूर्ति विसर्जनको विषयमा दुई समूहबीच झडप, प्रहरीको गोली लागि २० वर्षिय युवकको मृत्यु

kapilbastu

kapilbastu

  कपिलवस्तु। मूर्ति विसर्जनको विषयमा भएको दुई समूहको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागि कपिलबस्तुको कृष्णनगरमा एक २० बर्षिय युवकको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यूको अवज्ञा गरेको आरोपमा प्रहरीले गोली चलाउँदा भारतीय नागरिक २० बर्षिय सुरज पाण्डेयको मृत्यु भएको बताइएको छ । यद्यपी प्रहरीले भने यसबारेमा कुनै पुष्टि गरेको छैन ।

लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले ठूलो रुप लिएपछि त्यस क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो ।

स्थिति नियन्त्रणका क्रममा प्रहरी र स्थानीय समुदायबीच झडप भएको छ । बुधबार साँझदेखि सुरु भएको विवादले विहिबार विहान झनै ठूलो रुप लिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालका लागि कर्‍फ्यु जारी गरेको छ।

मूर्ति विसर्जन गर्ने क्रममा रुटको विषयलाई लिएर स्थानीय दुई समुदायबीच विवाद भएको थियो । विवाद मिलाउन खोज्दा प्रहरीमाथि नै जाइलागेपछि स्थिति थप तनावग्रस्त बनेको प्रहरीको दावी छ।

मुस्लिम समुदाय आफ्नो क्षेत्रबाट हिन्दु समुदायको दुर्गा÷लक्ष्मी विसर्जन गर्न दिन अवरोध गर्दै आएको छ भने स्थानिय हिन्दुहरुले परम्परागत बाटो प्रयोग गर्न पाउनु पर्ने बताउँदै आएको छ।

प्रहरीका अनुसार अहिले केही राउण्ड हवाई फायरसमेत गरिएको छ । बुधबार साँझ कृष्णनगर नगरपालिकाका वडा नम्बर १,२ र ३ का १३ वटा लक्ष्मीका मूर्ति विसर्जन गर्ने कार्यक्रम थियो ।

साँझ साढे ६ बजे कृष्णनगर नगरपालिका–२ झण्डेनगरमा मूर्ति भएको गाडी स्थानीय मुस्लिम समुदायका व्याक्तिहरुले रोक्न खोजेका थिए । त्यही विषयमा विवाद हुँदा दुवै पक्षबीच ढुङ्गा हानाहान समेत भएको थियो । प्रहरीका अनुसार बुधबार साँझ नै स्थिति नियन्त्रणमा लिनका लागि २० सेल आश्रुग्यास प्रहार गरिएको थियो ।

मूर्ति कृष्णनगर–१ मा रहेको बढया पोखरीमा विसर्जन गर्ने कार्यक्रम थियो । विहीबार बिहान पनि अवस्था असामान्य बन्ने सम्भावना बढेपछि स्थानीय प्रशासनले कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा आज बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका कर्फ्यू जारी गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्युजियम भ्रमण

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन