कपिलवस्तुमा प्रशासनद्वारा कर्फ्यु जारी

krishna nagar

  काठमाडौं । कपिलवस्तुमा लक्ष्मी पूजाको विधिवत् समापन गर्दै लक्ष्मीको मूर्ति विसर्जन गर्ने विषयमा तनाव उत्पन्न हुँदा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ ।

कृष्णनगर नगरपालिकाको कृष्णनगर बजार क्षेत्रमा लक्ष्मी पुजाको मुर्ती बिसर्जन विषयलाई लिएर तनाव उत्पन्न भएपछि स्थिती सामान्य बनाउन कफ्र्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर भन्सार कार्यालय देखी उत्तर तर्फ ७०० मिटर , पश्चिम तर्फ ७०० मिटर र पूर्व तर्फ ३०० मिटर क्षेत्र भित्र कर्फ्यु आदेश जारी गरेको छ।

बिहिवार दिउँसो ११ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु आदेश जारी भएको हो।

Comments

Top