गौरमा गोली चल्यो, भारतीय नागरिक घाइते

goli

  काठमाडौं । रौतहट जिल्लाको सदरमुकाम गौरमा बुधबार साँझ अज्ञात समूहले प्रहार गरेको गोली लागी एक भारतीय नागरिक घाइते भएका छन् ।

गौर ३ स्थित विद्युत् प्राधिकरण अगाडि भारतको बिहार राज्य घर भएका ४५ वर्षीय विजय साहमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गोली प्रहार गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पेटमा गोली लागेको साहको अवस्था जटिल रहेको छ । समान्य बोल्न सकेका उनले रिसईबि साध्न भारतीयले नै आफूमाथि गोली प्रहार गरेको साहले बताएका छन् ।

जिल्ला अस्पताल गौरले साहलाई थप उपचारका लागि वीरगञ्ज रेफर गरेको छ ।

Comments

Top