लिभरपुल क्वाटरफाइनलमा

liverpool

  काठमाडौं । आर्सनललाई पेनाल्टीमा पराजित गर्दै लिभरपुल काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयसम्म ५–५ गोलको बराबरी खेलेको लिभरपुलले पछि टाइब्रेकरमा आर्सलनलाई ५–४ पराजित गरेको हो ।

पेनाल्टी हुनुअघि खेलको छैटौं मिनेटमा नै आर्सनलका सकड्रन मुस्ताफीले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता बनाएको थियो ।

खेलको १९औं मिनेटमा लुकास टोरिराले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरी दिलाए । खेलको २६औं र ३६औं मिनेटमा गब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई ३–१ गोलको अग्रता दिलाएका थिए ।

खेलको ४३औं मिनेटमा जेम्स मिल्नरले गोल गरेपछि लिभरपुलले पहिलो हाफसम्म ३–२ गोलको स्थितिमा पुर्‍याएको थियो । खेलको ५४ औं मिनेटमा मैटल्यान्ड निल्सले गोल गर्दै आर्सनललाई ४–२ को अग्रता दिलाए ।

५८ औं मिनेटमा एलेक्स चेम्बरलिन र ६२औं मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुललाई ४–४ गोलको बराबरीमा ल्याए ।

खेलको ७०औं मिनेटमा जोसेप विलकले गोल गर्दै आर्सनललाई ५–४ को अग्रता दिलाएपनि ओरिगीले खेलको अतिरिक्त समयमा गोल गरेपछि लिभरपुलले ५–५ गोलको बराबरी बनायो । त्यसपछि खेल पेनाल्टीबाट छिनोफानो भएको हो ।

प्रतिक्रिया

सम्बन्धित