सवारी दुर्घटनामा ४ जना घाईते

सर्लाही । सवारी दुर्घटनामा परि सर्लाहीमा ४ जना घाईते भएका छन । सोमबार राति ईश्वरपुर नगरपालिका वडा नं ३ स्थित बनपोष्ट अगाडी भित्री सडक खण्डमा बयलबास बाट तिनघरीया तर्फ जादै गरेको प्रदेश २(०३(००१ स ११६४ नं।को अटो आफै अनियन्त्रीत भई पल्टिनजांदा अटोमा सवार २७ वर्षिया लिला आलेमगर , २६ वर्षिय होम बहादुर स्यङतान घाईते भएका हुन ।
घाईते दुबै जनाको त्रिदेव हेल्थ केयर बयलबासमा समान्य उपचार पश्चात थप उपचारको लागी लिला आलेमगरलाई काठमाण्डौ र होम बहादुर स्याङतानलाई बर्दीबास तर्फ रिफर गरिएको प्रहरीले जनाएको छ।अटो चालक बिजय बम्जन र अटो ईलाका प्रहरी कार्यलय केशरगंजको नियन्त्रनमा रहेको सर्लाही प्रहरीले जनाएको छ। यसैगरी चक्रघटा गउँपालिका वडा नं २ स्थित भित्री सडक खण्डमा अनटेस्ट नेपाली टेम्पुले पैदल यात्रीलाई ठक्कर दिदा दुई जना घाईते भएका छन ।घाईते हुनेहरुमा वडा नं २ बस्ने ३० वर्षिय रामप्रबेश यादव र २५ वर्षिय अरबिन्द कुमार यादव रहेका छन ।भेलही बाट सुन्दरपुर तर्फ आउदै गरेको टेम्पुले गए साझ पैदल हिडिरहेका रामप्रवेश र अरबिन्दलाई ठक्कर दिएका थिए ।
घाईते दुबै जनाको उपचार जिल्ला अस्पताल मलंगवा भईरहेको छ ।ठक्कर दिने टेम्पु सुन्दरपुर प्रहरी चौकीको नियन्त्रनमा रहेको र फरार रहेको चालकको खोजिकार्य भईरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रवक्ता प्रतीत सिंह राठौरले जानकारी दिए ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_o4T9cmV4xB_dbeztwu4kyizysulf5wy7mbkrwcjltnsvwevcbq7j5gaimxeofadgzpqn92l.jpg)
प्रतिक्रिया