उपनिर्वाचनको आचारसंहिता आजदेखि लागू

काठमाडौं । निर्वाचन आयोगले मंसिर १४ गते हुने उपनिर्वाचन लागि आजबाट आचारसंहिता लागू गरेको छ। शुक्रबारदेखि सबै निर्वाचन हुने क्षेत्रमा आचारसंहिता लागू भएको छ।
निर्वाचनलाई स्वच्छ, मर्यादित र पारदर्शी बनाउन भन्दै आयोगले आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सरकार मातहतका निकायमा लागू हुनेछ।
त्यसैगरी सार्वजनिक संगठन, सुरक्षा निकायमा पनि आचारसंहिता लागू हुनेछ। आचारसंहिता लागू भएको समयमा कुनै पनि नयाँ कर्मचारी पदपूर्ति, दरबन्दी सिर्जनालगायतका काम गर्न पाइने छैन भने चुनाव प्रभावित हुनेगरी कुनै पनि निर्णय गर्न पाइने छैन।
आचारसंहिता उम्मेदवार, राजनीतिक दल, सञ्चारमाध्यम, पर्यवेक्षक, गैरसरकारी संस्थाहरुलाई पनि लागू हुनेछ।
मंसिर १४ गते ३७ जिल्लामा विभिन्न पदहरुमा उपनिर्वाचन हुँदैछ। जसमा प्रतिनिधिसभातर्फ एक स्थान रिक्त छ। यस्तै, प्रदेशसभामा तीन, स्थानीय तह प्रमुख चार र एक स्थानमा उपप्रमुखको निर्वाचन हुँदैछ।
विभिन्न स्थानीय तहमा गरी ४३ वडाध्यक्ष पदका लागि पनि निर्वाचन हुँदैछ। प्रतिनिधिसभा सदस्यदेखि वडाध्यक्षसम्म ५२ पदका लागि निर्वाचन हुनेछ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_EKggajjeK7_kl9frnsiuk9jx0sjczfyyolqap6sio3z9ucgss4lrbomr57wbc7iaxb8tgoh.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_FqnjVtoASK_qfrx5xmoocgwmbprwyi80brnafxab7xx8klgitma5jgkmerf38mmzyqcivvi.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_m5ubosK71f_kfhjat8gt1b6khhxyjeozgfnbpmmdllsd7zbjlhwtuuxkbb2d6t96snitlok.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_AP96BUx5Ym_mgs092aj6gclwovdmzt7zf6s5ngjmkzwid9ienrsufudkvdws4kdu2qleqoo.jpg)
प्रतिक्रिया