बेल्जियमबाट वेलायत ल्याइएको ट्रकमा ३९ जनाको शव

काठमाडौं । बेलायतको राजधानी लन्डनको पूर्वीभागमा बुधबार एउटा ट्रकभित्र ३९ जनाको शव भेटिएको छ ।
सो ट्रक अर्को युरोपीयन राष्ट्र बेल्जियमबाट जहाजमा हालेर वेलायत ल्याइएको प्रहरीले जनाएको छ। तर, ट्रक कहाँबाट बेल्जियम आइपुगेको थियो यकिन छैन।
ट्रक पुर्वी युरोपियन मुलुक बल्गेरियाबाट आएको कतिपय बेलायती सञ्चार माध्यमले जनाएका छन्। बल्गेरीयाको विदेशमन्त्रालयका प्रवक्ताले सो ट्रक आफ्नो मुलुकमा दर्ता रहेको जनाएका छन्।
तर, बल्गेरियाबाट ट्रक कसरी बेल्जियम पुगेकोमा भने आशंका ब्यक्त गरेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। प्रहरीले ट्रकका चालक २५ वर्षिय आइरिस नागरिक मो रबिन्सनलाई गिरफ्तार गरेको छ।
मानव तस्करहरुले बेलायत लैजाने क्रममा ति मानिसहरुको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। यसअघि सन् २००० पनि बेलायत छिरेको एउटा ट्रकमा ५८ चिनियाँ नागरिकको लाश फेला परेको थियो।
बेलायती प्रहरीले त्यो ट्रक कहाँबाट आएको, त्यहाँ भित्रका लास कसरी आए, ती कुन देशका मानिस हुन् र उनीहरुको कसरी मृत्यु भयो भन्ने पत्ता लगाउन लामो अनुसन्धान र धेरै समय चाहिने बताएका छन्।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया