मेडिकल काउन्सिलको कमजोरीले एमबिबिएसका बिद्यार्थीहरु बिदेशिए

काठमाडौं। एमबिबिएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको २५ दिनसम्म पनि काउन्सिलिङको टुंगो नलाग्दा विद्यार्थीहरू अध्ययनका लागि बिदेसिन थालेका छन् । मेडिकल शिक्षामा देखिएको विवाद र अन्योलका कारण विद्यार्थीहरू अध्ययनका लागि धमाधम बिदेसिन थालेको नेपाल मेडिकल काउन्सिलको तथ्यांकले देखाएको छ । दसैँयता मात्रै एक सयको संख्यामा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले लिएको प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरू एमबिबिएस अध्ययन गर्न बिदेसिएका छन् ।
काउन्सिलका रजिस्ट्रार डा.दिलीप शर्माका अनुसार काउन्सिलबाट स्वीकृत लिने अधिकांश विद्यार्थी अध्ययनका लागि बंगलादेश गएका छन् । सरकारी तथा सामुदायिक कलेजमा ७५ प्रतिशत छात्रवृत्ति अनिवार्य लागू गर्नुपर्ने विषयले पनि काउन्सिलिङमा ढिला भएको सरकारी अधिकारीहरूले बताएका छन् । चिकित्सा शिक्षा आयोगले ७५ प्रतिशत छात्रवृत्ति दिन आधिकारिक पत्र पठाउन ढिला गरेकाले समस्या आएको आइओएम स्रोतले जनाएको छ ।
विद्यार्थीको काउन्सिलिङ नहुँदा मेडिकल कलेजको सिट निर्धारणसमेत रोकिएको छ । गत ३ असोजमा लिएको परीक्षाको नतिजा ६ गते सार्वजनिक भएको थियो । (नयाँ पत्रीका )

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया