आईजीपी खनालले भेटे इन्टरपोलका अध्यक्ष र महासचिवलाई

igpintar

 काठमाडौं। चिलीको सान्टियागोमा शुरु इन्टरपोलको ८८ औँ महासभामा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सहभागि भएका छन् ।

 एनसिबी नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक खनालसँग उक्त महासभामा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रमुख प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाही र प्रहरी प्रधान कार्यालय इन्टरपोलशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीको समेत सहभागिता रहेको छ ।

 intarpollयसै क्रममा  प्रहरी महानिरीक्षक  खनालले इन्टरपोलका अध्यक्ष किम जोङ्ग याङ्ग र महासचिव जर्गेन स्टकसँग समेत भेटघाट गरेका छन् । असोज २८ गतेबाट शुरु भएको कात्तिक १ गते सकिँदै छ । 

Comments

Top