३४ देशमा नेपाली सेना उत्कृष्ट

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘एक्सरसाइज क्याम्ब्रिएन प्याट्रोल २०१९’मा नेपाली सेनाले स्वर्ण पदक जितेको छ। प्रमुख सेनानी (मेजर) अशिम देव गुरुङको नेतृत्वमा ६ असोजमा गएको टोलीले स्वर्ण पदक पाएको हो ।
युद्धकालीन विशेष परिस्थितिहरूको कल्पना गरी शत्रुपक्षको गतिविधि समेटेर सञ्चालन गरिने अभ्यासमा नेपाली सेनाले स्वर्णपदक जितेको हो।
जंगी अड्डाका अनुसार संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा असोज २४ गतेबाट भएको ‘एक्सरसाइज क्याम्ब्रिएन प्याट्रोल २०१९’ मा मेजर गुरुङसहितको १० जनाको सैनिक टोली गएको थियो।
कठिन भौगोलिक इलाकामा सञ्चालन भएको सो अभ्यासमा सहभागीहरूले दुई दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवम् बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमिटर दूरी पार गर्छन्।
यस क्रममा सहभागी टोलीको लडाइँको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानहरूसम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर सङ्कलन, घाइते–बिरामीको व्यवस्थापन, बिस्फोटक पदार्थहरू पत्ता लगाउने क्षमता लगायत रासायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कता लगायत दक्षताको परीक्षण गरिन्छ।
संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा सम्पन्न उक्त अभ्यासमा बेलायती फौजका १०६ र नेपाल समेत अन्य ३४ देशका गरि कूल १४० सैन्य टोलीहरूको सहभागिता रहेको थियो। उक्त अभ्यासमा नेपाली सेनाको प्रतिनिधित्व विशेष फौज बाहिनी, पशुपति प्रसाद गण र गौरीबक्स गुल्मको टोलीले गरेका थिए।
सेनाले यो अभ्यासमा सन् २०१४ बाट भाग लिँदै आएको छ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_CATThCK9ZK_sx2oqajprbsj2wcfp5tmf9bslf6tyilpouoapbfwlemkvc8qtne0svdagbpu.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_rpZrdXcIle_jlfkhfe6qzwkyomhnn38fb64ps2gnezzyuzi9rdep7admvhgqpwxvmyayr3v.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_CTBmKdf8Pp_4w1cdepdktdkgac77nwbnvufewmzpxzp2qrdmx1zyeyjsvq2ukrluntpq9cu.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_KHwkEL3tOk_24iyvrb6r0b9le5uztevrawhksp5zow2jw8oncaajylisqemgrnumchdbvft.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_tEtcJCTCTs_x94vf08klav9ozzmwdcyzmtvsqx1wdlv65vdzqjdgtupq9ljicufezilf0rj.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_zHcIfdbarK_ko6u0nonuuapcpucjpssl8xqltiecob87labz6ulu8zwgpgn0lvig1n0ciug.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_JQL69BQX3Z_frx4detprmsvl0q9pwbsg2muicxnzlbemwzf9pms0fdnadjwlirrbq6nie03.jpg)
प्रतिक्रिया