बुद्ध एयरकाे काउन्टर ताेडफाेड गर्ने सांसद साहको रिहाइको माग गर्दै राजपाको प्रदर्शन

काठमाडौं । विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साहलाई रिहा गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा)ले जनकपुरमा प्रदर्शन गरेको छ ।
राजपाका कार्यकर्ताले बुधबार सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले सांसद साहलाई तत्काल रिहा गर्नुपर्ने माग राखेका छन् ।
मंगलबार प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिअन्तर्गत अनुगमन उपसमितिको टोलीमा सहभागी भइ ओखलढुंगा जान लाग्दा साहलाई प्रहरीले काठमाडौं विमानस्थलबाट नियन्त्रणमा लिइएको थियो ।
आज जिल्ला अदालत धनुषामा उपस्थित गराइएका प्रतिनिधिसभा सदस्य साहलाई अदालतले चार दिन म्याद थपेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
म्याद थपपछि अदालत परिसरमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद साहले अदालतले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने र अदालतले गरेको कुराको जनताले मूल्यांकन गर्ने बताए ।
सर्लाही निर्वाचन क्षेत्र १ बाट राजपा सांसद साहमाथि जनकपुरबाट काठमाडौं जहाज उडान ढिला गरेको आक्रोशमा जनकपुर विमानस्थलमा अवस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोप लागेको छ ।
विमानस्थलको रन वेमा छाडा चौपाया, विशिष्ट कक्षमा फालिएको फोहर र बिरामी यात्रुबारे जानकारी गराउँदा विमानस्थल र एयरलाइन्सका कर्मचारीले वास्ता नगरेको भन्दै सांसद साहले लात हानेर बुद्ध एयरको काउन्टरको सिसा फुटाइदिएका थिए ।
मुटुको समस्या भएर उपचारका लागि जनकपुरबाट काठमाडौं आउन लागेका जनकपुरका शौखिलाल चौधरीको समस्याबारे एयरलाइन्सलाई जानकारी गराउँदा कर्मचारीले कुनै वास्ता नगरेपछि तोडफोड गर्नुपरेको सांसद साहले बताएका छन् ।
तीन घण्टासम्म विमान ढिलो हुँदा बिरामीलाई खानेपानी समेत उपलब्ध नगराएको र पटक–पटक विमान बारे जानकारी माग्दा वेवास्ता गरेको साहको भनाइ छ ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_CzcWZblzVl_fzpkfchftymxaxrj19q8kcspcvrez1ryy8hcxhm8nnlnyaupqnw2kj02zqah.jpg)
प्रतिक्रिया