प्रेम प्रस्ताव राख्नेहरुलाई दीपिकाको उत्तर : यो जुनीमा हुन पाइन, अर्को जुनीमा विचार गरौँला

दीपिका मगर, गायिका, लोक तथा दोहोरी
काठमाडौं । गायिका दीपिका मगर गीत संगीतिको क्षेत्रबाट टाढा जानै सक्दिनन् । लोकदोहोरी साँझहरूमा गीत गाउँदै आएकी गायिका मगरका संघर्षको कथा लामै छ । सानैदेखि गायन पेशामा लाग्ने उनको धोको काठमाडौं छिरेपछि पूरा भएको थियो । अहिले पनि गायनमै उनी सक्रिय छिन् ।
घरपरिवार र अन्य व्यवधानहरूले उनलाई गायन व्यवसाय अगाडि बढाउन समस्या नआएका होइनन् । तैपनि सबै कुरालाई उनले व्यवस्थापन गरेकी छिन् । सबै आफन्तको चित्त बुझाएरै गायिका मगरले लोकदोहोरी गीत गाउने गरेकी छिन् ।
पछिल्लो समय सामाजिक सञ्जाल युट्युबका कारण कलाकारलाई काम गर्न केही सजिलो भएको उनको भनाइ छ । युट्युबमा देखाइने लोक तथा दोहोरी गीतहरूमा पनि उनले बेलाबेला गाउने गरेकी छिन् । कसैले गीतमा गाउन अफर दिँदा उने कसैलाई पनि निरास बनाउँदिनन् । राम्रो स्वरकी धनी गायिका मगरले धेरै नाम कमाउन सकेकी छैनिन् ।
तर, उनले हिम्मत हारेकी छैनन् । गायक पेशामा लागेपछि जित र हार दुबै हुन्छ । जित्नकै लागि यो पेशामा लागेको उनले बताइन् । ‘गायक पेशामा लागेपछि भुल्न सकेको छैन’, उनले भनिन्, ‘अझै समय छ । केही गरौँ भन्ने भावना छ ।’
आफ्नै कामबाट पनि पूरै रुपमा उनी सन्तुष्ट छैनिन् । भन्छिन्, ‘गर्न धेरै छ । सोँच जस्तो पनि हुन सकेको छैन ।’ गायनमा लागेर दुई–चार जनाले चिन्ने भएको बताउने गायिका मगरले समय परिवेशले गायन क्षेत्रलाई झन् परिस्कृत गर्दै लगेको बताइन् । गायन क्षेत्रमा पछिल्लो समयमा आएका कलाकारहरूले एकपछि अर्को गरेर झन् राम्रो काम गरेको उनले बताइन् ।
तर, आफ्नो मौलिक लोक संस्कृतिलाई मास्न नहुने उनको भनाइ छ । ‘गीत संगीतमा हाम्रो मौलिक संस्कृतिलाई मास्न हुँदैन’, उनले भनिन्, ‘हाम्रो पहिचान भनेकै लोक संस्कृति हो ।’ सबैको सहयोगमा गीत संगीतलाई बचाइ राख्नुपर्ने उनले बताएकी छिन् ।
गायन क्षेत्रका कलाकारहरू क–कसलाई मन पर्छ भनेर सोधिएको प्रश्नको जिज्ञासामा गायिका मगरले भनिन्, ‘सबै एकसे एक हुनुन्छ । यो नै भन्ने छैन । सबै राम्रो हुनुहुन्छ ।’ गायिका मगरले सबै प्रकारको गीत सुन्न मन पाराउँछिन् । विशेष गरेर उनलाई लोकदोहोरी गीत नै मन पर्छ । उनी लोकदोहोरी गीतमा नै रमाउन चाहन्छिन् ।
भन्छिन्, ‘म लोक दोहोरी गीतमा नै फिट छु । मलाई पनि मन पर्छ ।’ गायिका मगर प्रेम प्रस्ताव आएर हैरान भएकी छिन् । भन्छिन्, ‘यो जुनीमा हुन पाइन । अर्को जुनीमा हेरौँला ।’ गायिका भएका कारण पनि शुभेच्छुकहरू धेरै भएको उनले बताइन् । गायिका मगरलाई बेलाबेला महोत्सवहरूमा पनि निम्तो आउने गर्छ । ती महोत्सवहरूमा पनि जाने गरेकी छिन् ।
गायिका मगरले लोक तथा दोहोरी गीतमा अहिल पनि युवाहरू आकर्षित हुने गरेको बताइन् । गीतहरू परिमार्जित भएर आएको उनले बताइन् । जति पनि गीत आएका छन् ती सबै परिमार्जन भएर आएको उनको बुझाइ छ । यसलाई नराम्रो रुपमा हेर्न नहुने बताइन् ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_2alyLoS3jn_n7hqg6ypsouzizabrwwiy24jmrp8n21u6yqzzywrbsaqpwg4aipbxbliubpd.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_8VfEoKwuLo_3ggrotxexidnqxlq5jwwndbhx21hjx8utknsgwhhstxapx1wbjskn02sne0v.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_FjMIQtdYTZ_azjekakhdwbbj2wnxojichwg5r8b7wizofthwoomvejomsmzcwnxbyuym7xb.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_0GIlGsHVk3_1v7khzhp4mykpcvh2wwyfm3wrsy6zfmnbfq6nbkuaxklm4ipozv2xv9fjhcy.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_eifepgjNpo_peitddxpxsnxu7zpbgektgrqszbfukiddct4zr5byeo3tremliw6y6ugukxp.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_6ux6uw9hdl_o4z5xlrhbueplqcqkbn1u1l40vht2l2znhz70yipecogdiepbcstsorw2mye.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_C6c8GPDitL_qpqlp5zcesv5uppzvtavye4wyajgit0tg1mxpqpxekpdkj0x39covvazwzgn.jpg)
प्रतिक्रिया