विराटनगरमा एकै दिन एनआईसीका तीन शाखा उद्घाटन

काठमाडौं । ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकको तीन नयाँ शाखा विराटनगरमा भाद्र २५ गतेदेखि सञ्चालनमा आएको छ ।
मोरङ जिल्ला, विराटनगर मेनरोडस्थित विराटनगर मेनरोड शाखा र रोडशेषस्थित रोडशेष शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरे भने विराटनगर हाटखोलास्थित हाटखोला शाखाको उद्घाटन मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गरे ।
यी शाखा विस्तारसँगै बैंकका आदरणीय ग्राहक महानुभावहरुले आफूलाई पायक पर्ने शाखाबाट बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५४ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रोल्पा, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_DisaZPSvbC_fhspzyr14us9y7ya6rzqcfmigaipe8geqr9mffihb3ue3opvsu3zpjlrbbwg.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_VpSeIBj8cq_bituxnwm0jmpgsjw9clutzpmi62n4ribejtvwwsd84gwerharbcxqkr6uaia.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_ddWWDfSp22_lp6qz3gw4q1rujydo7thxnew6i2zqprxfbxzlozdwaix72acayrmuobdsbca.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_Weg62FBRDJ_nmpagycdibncnpljaqnegs1e68paocjass3wscrrkzkcjt7soixkljgd9jar.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_KErWiYS2b0_rzw0mrai6eyvbf0ntagduj1scvidrwnj1ucwgt6jt4hxedyb8nmwdxslcepm.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया