डेंगु नियन्त्रणका लागि गन बोकेर आफै खटिए सांसद बस्नेत

mahesh basnet

mahesh basnet

  भक्तपुर । मुलुकभर डेंगुको संक्रमण देखिएको छ । डेंगुका कारण अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने ६१ जिल्लाका ३ हजार ९९ जनामा डेंगु पोजिटिभ देखिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौंमा २, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा एक–एक गरी ६ जनाको मृत्यु भएको जानकारी गराएको थियो ।

मृत्यु हुने मध्ये काठमाडौँमा २ र सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा एक–एक जना रहेका छन् । वैशाख महिनादेखि अहिलेसम्मको तथ्यांक हेर्ने हो भने डेंगुबाट ७ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

Dangu Mahesh1

Dangu Mahesh1

सरकारले डेंगु नियन्त्रणका लागि खासै ठोस कदम चाल्न नसकिरहेका बेला भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद महेश बस्नेत भने आफै डेंगु नियन्त्रणमा लागेका छन् । सांसद बस्नेत आज विहानै औषधिसहितको गन बोकेर डेंगु रोग सार्ने लामखुट्टे मार्ने अभियानमा जुटेका थिए ।

आफै सक्रिय भएर लागेको सांसद बस्नेत भने–‘डेंगु रोग प्रकोपका रुपमा फैलिंदै गएकाले त्यसको नियन्त्रणका लागि आ–आफ्नो क्षेत्रबाट हामी सबैले सहयोग गर्नुपर्छ । सरकार आफ्नो क्षेत्रबाट गर्नुपर्ने गरिरहेको छ । हामीले पनि सरकारलाई साथ दिंदै आ–आफ्नो क्षेत्रमा डेंगु नियन्त्रणका लागि प्रयास गर्नैपर्छ ।’

बेभ गु्रपका अध्यक्ष एबम् हनुमन्ते नदी सफाई अभियानका प्रमुख अभियन्ता नरेश रन्जितको संयोजनमा संचालन गरिएको डेंगु नियन्त्रणको यस अभियानमा मध्यपुर थिमी नगरपालिका उप प्रमुख अन्जनादेबि मधिकर्मी ,बेभ गु्रपका प्रतिनिधि, सुर्यबिनायक नगरपालिकाका सफाई दुत, बरिष्ट चलचित्र निर्देशक तथा हनुमन्ते नदी सफाई अभियानका अगुवा अभियन्ता मदन घिमिर, हनुमन्ते नदी सफाई अभियानका उत्प्रेरक रुद्र पौडेल,पातन्जल नेपालका केन्द्रिय महासचिब तथा हनुमन्ते नदी सफाई अभियानका अगुवा अभियन्ता नबराज काफ्ले लगाएत अभियानका अगुवा अभियन्ताहरुद्धारा आज भक्तपुरको मनोहरा खोला आसपास गनको प्रयोगले डेंगु रोग सार्ने लामखुट्टे मार्ने काम गरिएको हो ।

भक्तपुर जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, डेङ्गुबाट १२ जना बिरामी भएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेका अनुसार गत वर्षभन्दा यस वर्ष चार गुणबढी डेङ्गु भेटिएको छ ।भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १२ जनामा डेङ्गुको सङ्क्रमण फेला परेको छ ।

प्रतिक्रिया

सम्बन्धित

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्युजियम भ्रमण

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन