कृषिमन्त्री खनाललाई पनि डेंगु

काठमाडौं । राजधानी काठमाडौंमा डेंगुका विरामी बढ्न थालेका छन् । सर्वसाधरण मात्र होइन मन्त्री समेत डेंगुको चपेटामा परेका छन् ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल पनि डेंगु लागेर अस्पताल भर्ना भएका छन् । मन्त्री खनाललाई बुधबार दिउँसो नै धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।
मन्त्री खनालका प्रेस संयोजक बोमलाल गिरीका अनुसार मंगलबारदेखि हल्का ज्वरो आएपछि बुधबारदेखि अस्पताल जाँदा मन्त्री खनाललाई डेंगु देखिएको हो ।
शुरुमा उपचारका लागि निदान अस्पताल पुगेका मन्त्री खनाललाई डेंगुको शंका गरेर बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाएको थियो।
शुक्रराज ट्रपिकलले पनि डेंगुको संक्रमण देखिएको बताएपछि मन्त्री खनालको ग्राण्डीअस्पतालमा उपचार भइरहेको गिरीले बताए । खनालको अवस्था सामान्य रहेको पनि उनले बताए ।
ग्राण्डीअस्पतालले मन्त्री खनालको शारिरीक परीक्षण गर्दा त्यहाँ पनि डेंगु नै भएको पाइएको अस्पताल स्रोत बताउँछ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_4U7d3bnKZ4_slktx5tphm2lhcaz76agrxbe55llyqqooejnqcnmpqg8npjebarlopsbyqle.jpg)
प्रतिक्रिया