मोदीले किन अस्वीकार गरे नेपालको निम्तो ?

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधान दिवसमा अतिथि बनेर आउन नसक्ने जवाफ पठाएका छन् ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई भारतीय विदेशमन्त्री एस जयशंकरमार्फत संविधान दिवसको प्रमुख अतिथि बन्न पठाएका निम्तोलाई मोदीले आउन नसक्ने जानकारी गराएका हुन् ।
२०७२ असोज ३ गते नेपालको संविधान जारी भएको अवसर पारेर असोज ३ गते चौंथो संविधान दिवस मनाइँदै छ ।
संविधानका कतिपय प्रावधानमा असनतुष्टि प्रकट गर्दै तत्काल संविधान जारी नगर्न नरेन्द्र मोदीले भारतका तत्कालीन विदेश सचिव एस। जयशंकरमार्फत सन्देश पठाएका थिए ।
जयशंकरले संविधान जारी गर्ने दिन सार्न भनेका समेत थिए । तर मोदीको सन्देश बोकेर आएका जयशंकरलाई सबैभन्दा कडा जवाफ ओलीले दिएका थिए ।
भारतको आग्रहलाई बेवास्ता गर्दै नेपालका राजनीतिक दलहरूले संविधान जारी गरे । लगत्तै भारतले नेपालमाथि नाकाबन्दी लगायो । झन्डै ६ महिना नाकाबन्दी चल्यो ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया