सांसद बस्नेतद्धारा वीर र क्यान्सर अस्पतालबारे स्वास्थ्यमन्त्रीसँग जवाफ माग

काठमाडौं। नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) का प्रभावशाली युवा नेता एवम् प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा निर्माण गर्ने भनिएको वीर अस्पतालको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीसँग जवाफ माग गरेका छन् ।
प्रतिनिधिसभाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित बिषयमा प्रश्नोत्तर कार्यक्रममा बोल्दै सांसद बस्नेतले चाँगुनारायण नगरपालिकामा रहेको ७ सय रोपनी जग्गामा निर्माण गर्ने भनिएको बीर अस्पताल निर्माण प्रक्रियाको बारेमा प्रश्न गरेका हुन् ।
सांसद बस्नेतले भने–‘भक्तपुरको चाँगुनारायणमा वीर अस्पताल निर्माणको लागि ७ सय रोपनी जग्गा व्यवस्थापन गरियो तर, डिपिआर बनिसकेको अवस्थामा अहिले स्वयम् मन्त्रीज्यूको त्यहाँ निर्माण सम्भावना छैन भन्ने भनाइ सार्वजनिक हुँदा अन्यौलता सृजना भएको छ । यसलाई स्पष्ट पार्न अनुरोध गर्दछु ।’
सांसद बस्नेतले क्यान्सर रिलिज सोसाइटीले सञ्चालन गनरेको भक्तपुर क्यान्सर अस्पतालमा भ्रष्टाचार भएको बहानामा भक्तपुर नगरपालिकाले स्वयम् मेयरसावको उपस्थितिमा व्यवस्थापन समिति बनाउने र त्यसलाई हस्तक्षेप गर्ने र राजनीतिकरण गर्ने काम भइरहेको छ यसमा मन्त्रीज्यू जानकार हुनुहुन्छ कि हुनुहुन्न ? भन्दै प्रश्न समेत गरेका छन् ।
जसका कारण अहिले सयौं क्यान्सरका विरामीहरु अलपत्र परेका बताउँदै सांसद बस्नेतले यस्तो संवजेदनशील क्षेत्रमा जुन ढंगले राजनीतिकरण भएको छ । यसमा मन्त्रालयले के गर्ने सोच बनाएको छ ? भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई प्रश्न गरेका थिए ।
सांसद बस्नेको प्रश्नको जवाफ दिंदै स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले भक्तपुरको दुवाकोटमा निर्माण प्रक्रिया अगाडि बढिरहेको बीर अस्पताल कुनै पनि हालतमा नरोकिने बताए ।
यादवले भने, ‘नेपालको सबैभन्दा ठूला र ड्रिम प्रोजेक्टका रुपमा विश्वस्तरीय हेल्थ इन्स्टिच्युट वीथ हस्पिटल बनाउने र वीर अस्पतालमा रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) लाई त्यहाँ लैजाने तयारी भएको छ । उक्त स्थानमा विश्वस्तरीय शिक्षण, चिकित्सा र अनुसन्धान केन्द्र निर्माण गर्ने सोचाइ अनुरुप सरकारले डिपिआर बनाउने काम भएको छ ।’
मन्त्री यादवले यस सम्बन्धमा विज्ञहरुले प्रतिवेदन पनि दिइसकेकोले सरकारले यसमा बजेट समेत विनियोजन गरिसकेको पनि बताए ।
त्यसैगरी मन्त्री यादवले भक्तपुर क्यान्सर अस्पताल सरकारले सञ्चालन नगरेको हुँदा त्यसमा सरकारको ठाडो हस्तक्षेप गर्न नसकेको बताए ।
उनले भने–‘भक्तपुर क्यान्सर अस्पताल सरकारले सञ्चालन नगरी कुनै संस्थाले सञ्चालन गरेको छ । त्यसैले अस्पतालको व्यवस्थापन र प्रशासन त्यही संस्थाले गर्ने भएकाले त्यसमा सरकारले धेरै कुरा गर्न सक्दैन । त,र त्यहाँ भएका अनियमितताा वा अन्य कुराहरु रहेछन् भने त्यसमा सरकारको ध्यान गएको छ । यसमा सरकारले छानबिन र अनुगमन गर्ने कार्य गर्ने नै छ ।’

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया