सांसद बस्नेतद्वारा भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य अघि बढाउन माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय खेलकुद परिसर (रंगशाला)को निर्माण कार्य तत्काल अघि बढाउन माग गरेका छन् ।
प्रतिनिधिसभाका आजको शुन्य समयको बैठकमा बोल्दै सांसद बस्नेतले भक्तपुरको नंखेल, चित्तापोल र ताथली क्षेत्रमा नेपाल सरकारले निर्माण गर्ने भनिएको खेलकुद परिसर निर्माण चाँडो शुरु गर्न माग गरेका हुन ।
अन्तराष्ट्रिय मान्यता अनुरुप सो कार्यको लागि एक हजार रोपनी जग्गा उपलब्ध गराउन सहरी विकास मन्त्रालयले उक्त क्षेत्रमा नयाँ सहरको डिपिआरको प्रकृया अघि बढाएको जानकारी समेत सांसद वस्नेतले दिए । यस सम्वन्धमा सम्बन्धीत युवा तथा खेलकुद मन्त्री जति सक्दो चाँडो अघि बढाउन पनि उनले आग्रह गरे ।
उक्त स्थानका जनताद्वारा कुनै पनि प्रकारको विरोध नभएको भन्दै सांसद वस्नेतले भने , ‘सम्पूर्ण भक्तपुरवासीले ५० हजार क्षमताको रंगशाला, खेल परिषद्को कवोर्डहल, स्वीमिङ पुललगायतका निर्माण गर्ने कुरामा सहमति जनाएका छन् । भक्तपुरको तर्फबाट केही विरोध भएको भन्ने सूचना मन्त्रालयले प्राप्त गरेको भन्ने सुन्न आएको तर उक्त स्थानमा कसैको विरोध छैन । सवै जनताको साथ र सहयोग रहेको छ भन्ने कुरा जानकारी गराउनु चाहन्छु ।’

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_YfvoMleiqc_xipv90axcmzlleun5wmj8xtgdli99o2jqzcyajxei6bivpqdzme85uqjzpfg.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_FzuB3Jdupk_26hovo28wele9nybc353ox8dusayp9j14pbhwedgwxjjhvdjmcrs9avojugx.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_t9k9O8USqW_bw7vx7gqo7h2jv849yw7syteajr7jokdj5sc6vzljtjflfp1i2cz6n9n5zx1.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_JzQJFc9QrD_stjawz7gzqojbrcgkijuqvqvci4hl7izkgpoxbs2cbefmnt4jtc3u6ls8fih.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_CaiL1WOr1K_52k3fspksahmmouryxxo6tui7zofkgcgfa8qa6m3nnkjs5ey7kuu9ft2xce2.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_L4W9c9J8ln_1ux4y9s19lw5uddplxpgnx7pigl8nx3tjvmifmj7ywoleewlqiw0zslcnu1o.jpg)
प्रतिक्रिया