केनले गरे ४ मिनेटमा २ गोल

HARRY

  काठमाडौं । टोटनह्याम हट्सपरले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । गए राति भएको खेलमा टोटनह्यामले यसै सिजन च्याम्पियनसिपबाट बढुवा भएर आएको एन्टन भिल्लालाई ३–१ ले हराउँदै विजयी सुरुवात गरेको हो ।

उसको जितमा ह्यारी केनले खेलको अन्तिम ४ मिनेटमा २ गोल गरेका थिए । लन्डनस्थित टोटनह्याम हट्स्परको मैदानमा भएको खेलमा अग्रता भने एस्टन भिल्लाले लिएको थियो ।


खेलको नवौं मिनेटमा जोन म्याकगिनले गोल गर्दै अग्रता दिलाएका थिए । तर, अन्तिम १७ मिनेटमा ३ गोल खाँदै एस्टन भिल्ला पराजित भएको हो ।

खेलको ७३औं मिनेटमा टानगोए एनडोम्बेलेले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

खेल सकिन ४ मिनेट बाँकी छँदा स्ट्राइकर ह्यारी केनले अग्रता दिलाए भने चार मिनेटपछि नै केनले नै व्यक्तिगत दोस्रो गोल गरेपछि टोटनह्याम विजयी भयो ।

प्रतिक्रिया

सम्बन्धित