सरकारले मानमर्दन गरेको महतोको आरोप, अभिव्यक्ति रेकर्डबाट हटाइयो

काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले केपी शर्मा ओली नेतृत्वको खोक्रो राष्ट्रवादी सरकारले आफ्नो मानमर्दन गरेको आरोप लगाएका छन् ।
ओली सरकारले ठेगाना नभनी राजेन्द्र महतोको नागरिकता खारेज गर्यो भनेर आफ्नो राष्ट्रियतामाथि प्रश्न उठाएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले भने–‘ठेगाना बिनाको नाम भनेर खोक्रो राष्ट्रवादी सरकारले मेरो मानमर्दन गर्यो, सरकारले मसँग माफी माग्नुपर्छ।’
नाकाबन्दीका बेला पनि सरकारले खोक्रो राष्ट्रवाद देखाएको भन्दै महतोले अहिले मेरो राष्ट्रियतामाथि प्रश्न उठाउने भन्दै आक्रोश व्यक्त गरे ।
उनले भने–‘‘भोली कृष्णबहादुर महरा चाहीँ महाडकैत र ऊ आजिवन कारबास भयो भनेर समाचार आयो भने के हुन्छ ?’ के सभामुख कृष्णबहादुर महरा भनेर बुझ्ने ?’
यद्यपी राष्ट्रिय जनता पार्टीका सांसद तथा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको अभिव्यक्तिलाई प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले रेकर्डबाट हटाएका छन् ।
सोमबार सदनको बैठकमा विशेष समय लिएर बोलेका महतोको अभिव्यक्ति प्रतिनिधि सभा संचालन नियमावलीको नियम २१ को ख र ङ बमोजिम रेकर्डबाट हटाएका छन् ।
सांसद महतोले बोल्दा नकारात्मक भाषा र शब्द प्रयोग गर्दै कृष्णबहादुर महरा र पुष्पकमल दाहालको नाम लिनु संसदीय मर्यादाभित्र नपर्ने भन्दै नेकपा सांसद कृष्णभक्त पोखरेलले आपत्ति जनाएका थिए । उनले महतोको अभिव्यक्ति तत्काल रेकर्डबाट हटाउन माग गरेपछि सभामुख महराले अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_o4T9cmV4xB_dbeztwu4kyizysulf5wy7mbkrwcjltnsvwevcbq7j5gaimxeofadgzpqn92l.jpg)
प्रतिक्रिया