विप्लव समूहको स्थायी कमिटी र पोलिटब्युरो भंग, चन्द अब ‘वान म्यान आर्मी’

काठमाडौं । प्रतिवन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ ।
पार्टीका गतिविधिमाथि प्रतिबन्ध लागेपछि विप्लव समूहले पहिलोपटक सांगठनिक संरचनामा व्यापक फेरबदल गरेको हो ।
केही दिनअघि बसेको स्थायी कमिटी बैठकले ५ सदस्यीय स्थायी कमिटी र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो ।
जसका कारण पार्टीको सबै अधिकारी अहिले महासचिव नेत्रविक्रम चन्द आफैंले लिएका छन् ।
चन्द समूहले पार्टीभित्र विकृति मौलाएको उल्लेख गर्दै १७ केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएर ‘खुला मोर्चा’ मा पठाएको छ ।
त्यस्तै ५० केन्द्रीय सदस्यमध्ये १७ जनालाई पद घटुवा गरेर कारबाही गरिएको छ भने अझै केहीलाई कारबाही पनि हुन सक्ने स्रोतको दावी छ ।
स्थायी कमिटीमा चन्द, हेमन्तप्रकाश ओली, खडगबहादुर विश्वकर्मा, धर्मेन्द्र बाँस्तोला र सन्तोष बुढामगर थिए ।
पार्टीको स्थायी समिति र पोलिटब्युरो भंग गरी १२ जनाको सचिवालय निर्माण गरिएको छ । महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्तामा खड्गबहादुर विश्वकर्मा प्रकाण्ड यथावत् छन् । यसअघि स्थायी समितिमा रहेका विप्लव, खड्गबहादुर विक, हेमन्त प्रकाश ओली, धर्मेन्द्र बास्तोला र सन्तोष बुढा मगर सचिवालयमा छन् ।
पोलिटब्युरो सदस्यहरू भरत बम, अनिल शर्मा, ओम पुन, उमा भुजेल, वीरजंग चन्द र मोहन कार्कीलाई केन्द्रीय सदस्यमा घटुवा गरिएको छ । पोलिटब्युरो सदस्य कृष्ण धमलालाई भने केन्द्रीय सदस्यको जिम्मेवारीबाट समेत हटाइएको छ ।
त्यसैगरी केन्द्रीय सदस्य रामप्रसाद तिमल्सिना, शंकर खडका, डीडी पाण्डे, भेषराज भुसाल, पुरुषोतम विष्ट, धनबहादुर महर्जन, डम्बर विश्वकर्मा, आजाद केसीलगायत १७ जनालाई केन्द्रीय सदस्यबाट हटाएको चन्द समूहले जनाएको छ ।
सरकारले प्रतिबन्ध लगाएको अवस्थामा इमानदार कार्यकर्ता आवश्यक रहेको उल्लेख गर्दै विप्लव शुद्धीकरण अभियानबाट पार्टी झन् बलियो हुने दाबी गरेका छन् ।
पार्टीका नेता धमाधम पक्राउ पर्न थालेपछि पार्टीभित्रै आन्तरिक सूचना चुहाएको, गोपनीयता भंग गरेकोलगायतका विषयमा पार्टीमा उजुरी परेका छन् ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_8rbHUK4NqM_p8ix57rcjxnclrnjvzlcu2pk52qigay67hnbtlrhlnv0lfxccj95msqxdid4.jpg)
प्रतिक्रिया