शसस्त्र प्रहरीका हबल्दार लागुऔषध गिरोहका नेपाली एजेन्ट , यसरी परे फन्दामा

habaldar

habaldar

 विराटनगर। भारतीय लागुऔषध डिलरसँग मिलेर शसस्त्र प्रहरीका हबल्दारले लागुऔषध खरिद बिक्री गर्दै आएको खुलेको छ । सुनसरीको अमडुवास्थित बिओपी पोस्टमा कार्यरत सशस्त्र प्रहरीका हवल्दार ३१ वर्षीय पूर्णबहादुर थापामगरलाई मंगलबार साँझ नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो विराटनगरको टोलीले ठूलो परिमाणको लागुऔषधसहित पक्राउ गरेसँगै यो रहस्य बाहिर आएको हो।

 सशस्त्रमा बहालवाला भए पनि शंकास्पद रुपमा सीमा क्षेत्रबाट जोगवनी जाने र आउने क्रम बढ्न थालेपछि उनीमाथि नेपाल प्रहरीले निगरानी बढायो । लागुऔषध सेवनकर्ताका रुपमा उनलाई लामै समयदेखि नेपाल प्रहरीले निगरानीमा गर्दै आएको थियो ।

 हवल्दार थापामगरको साथबाट प्रहरीले साइकलमा झुन्ड्याएको नाइलनको झोलामा लुपिजेसिक ९९ एम्पुल, एभिल ८६ एम्पुल, डाईजेल्याब सय एम्पुल, फेनारगन २४ एम्पुल गरी जम्मा तीन सय नौ एम्पुल लागुऔषध बरामद गरेको छ।

 प्रहरी अनुसन्धानका क्रममा उनले भारतीय डिलर र नेपालमा पुलको काम गर्ने भरिया बनेर लागुऔषधको ओसारपसार गर्दै आएको खुलेको छ । उनी आँफै पनि लागुऔषध सेवनकर्ता समेत रहेको खुलेको छ ।
उनले भारतीय डिलर सञ्चालकबाट नेपाली व्यापारीसम्म ल्याइदिए वापत निश्चित रकम प्राप्त गर्ने गरेको पनि खुलेको छ । प्रहरी स्रोतका अनुसार बिओपी पोस्टमा कार्यरत अन्य  शसस्त्र प्रहरीलाई उनको अबैध धन्दाको बारेमा जानकारी भए पनि चुपचाप बस्दै आएका थिए । 

प्रतिक्रिया

सम्बन्धित

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्युजियम भ्रमण

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन