प्रचण्डका गोप्य गतिबिधिले नेकपाभित्र तरंग, श्यामशरणपछि सिटौलालाई किन भेटे प्रचण्डले ?

sitaq

 काठमाडौं । भारतका पूर्वविदेश सचिव श्यामशरण काठमाडौं आएर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेको बिषयले नेकपाभित्र तरंग बढ्दै गएको छ।

 असार दोस्रो साता श्यामशरण दिल्लीबाट काठमाडौं झरेको स्रोतले उल्लेख गरेको छ । अध्यक्ष प्रचण्डसँग श्यामशरणले भेटेर फर्के लगत्तै प्रचण्डले पुर्व प्रधानमन्त्री एबम नेकपाका नेता माधव कुमार नेपाल, बामदेब गौतम र नारायणकाजी श्रेष्ठसँग भेटेर गोप्य छलफल गरेको नेकपाका एक नेता वताउँछन्। उक्त गोप्य छलफलमा ओलीले एकलौटी रुपमा काम गरेको र आफुलाई हैसियतबिहिन बनाएको भन्दै प्रचण्डले ओलीको चर्को आलोचना गरेको स्रोतले उल्लेख गरेको छ ।

 उता तीन नेतासँग गोप्य छलफल गरेपछि प्रचण्डले कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग पनि गोप्य मिटिङ गरेको अर्को कुरा बाहिर आएको छ। गत शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा आफु कांग्रेससँग मिलेर जान तयार रहेको प्रचण्डले वताएको सिटौला निकट एक नेताले वताए।

 पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध चिसिएपछि प्रचण्डले एक पछि अर्को गर्दै सरकारको बद्नाम गराउने उदेश्यले गतिबिधि गर्ने गरेको उनीमाथि आरोप लगाइएको छ। भारतीय तरकारीमा विषादी परीक्षण गर्ने विषयमा विभिन्न मन्त्रीले गरेका फरक-फरक कुरा र भारतीय पत्रबारे प्रधानमन्त्रीले सार्वजनिक रूपमा बोलेको कुरा पनि अहिले आएर यी भेटघाटसँग जोडिन पुगेको छ। भारतीय जासुसी संस्थाको डिजाइनमा लागेर प्रचण्डले विषादी प्रकरणलाई बाहिर ल्याएको यसअघि बाहिर आईसकेको छ।

 प्रधानमन्त्री ओलीले नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा भारतीय पत्रबारे अर्का अध्यक्ष प्रचण्डले थाहा पाएर पनि आफूलाई केही पनि नभनेको संकेत गरेका थिए । नेपालका मामिलामा जानकार पूर्वभारतीय राजदूत श्यामशरणको आवागमन र राजदूत मञ्जिवसिंह पुरीसँग पनि प्रचण्डले भेटघाट थालेपछि प्रधानमन्त्री ओली प्रचण्डसँग आक्रोशित बनेको बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित