विप्लवले त्यो बाटो छाड्नै पर्छ, हिंसा कायरता हो, बहादुरी होइन

bishwo prakash sharma

bishwo prakash sharma

   नेपाली कांग्रेसले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को हिंसात्मक गतिविधि विरोध गर्दै आएको छ । तर, नेपाल सरकारले नेपाली कांग्रेसले विप्लवको गतिविधिप्रति कडा रुपमा प्रस्तुत हुनुपर्ने अपेक्षा राख्दै आएको छ । विप्लवको हिंसाको कांग्रेसले विरोध गरेपनि सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता हुनुपर्ने धारणा कांग्रेसको छ । नेपाली कांग्रेसले आफूलाई गाउँमा केन्द्रित पनि गरेको छ । जागरण अभियान चलाइरहेको कांग्रेसका नेताहरूबीच गुटको प्रभाव देखिएको छ । कतिपय स्थानहरूमा नेताहरूबीच भनाभन हुनुका साथै हातपातसम्मको अवस्था सिर्जना भएका छन् । केही नेताहरूले सभापति शेरबहादुर देउवाविरुद्ध गाली गर्ने थलोका रुपमा समेत प्रयोग गरेका छन् । यी सबै विषयमा हाम्रा सहकर्मी विमल योगीले नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासँग गर्नुभएको कुराकानीको सम्पादित अंश :


० विप्लव नेतृत्वको नेकपाले बम विस्फोट गराउँदा संसदमा नेपाली कांग्रेसको दुई थरी कुरा आयो ? कसैले विप्लवको पक्षमा धारणा दिए । कसैले विरोध गरे । किन यस्तो कुरा भयो ?
– देशमालामो द्वन्द्वबाट शान्ति स्थापना भएको छ । शान्तिलाई खलल पु¥याउने भन्दा उपलब्धी प्राप्तिको लागि विप्लव समेतको हिजो योगदान थियो । त्यसैले विप्लव पनि यही प्रक्रियामा आउनुपर्छ । देशको समृद्धिको यात्रा खोज्नुपर्छ । विप्लवले हिंसा छाड्नुपर्छ । हत्या आतंक छाड्नुपर्छ । सरकारले पनि निषेधको राजनीति छाड्नुपर्छ ।

सरकारले विप्लवलाई वार्तामा ल्याएर आएर समाधानमा पुग्नुपर्छ । हाम्रो मूल लाइन यही हो । तर, कहिँ बम पड्किन्छ । जीवन गुम्छ भने विप्लवले ठीक गरे भनेर हामीले भन्न सक्दैनौँ । विप्लवले त्यो बाटो छाड्नै पर्छ । हिंसा कायरता हो । हिंसाकुनै बहादुरी होइन ।

० विप्लव नेतृत्वको नेकपाले बम विस्फोट गराएपछि तपाईको विज्ञप्ति आयो । नेपाली कांग्रेसले विस्फोट र आतंकको विरोध गरेको छ । तर, नेपाली कांग्रेसका नेता र सांसदहरूले नै तपाईले जारी गर्नुभएको विज्ञप्तिलाई फलो गर्नु भएन नि किन ?
– सांसदहरूको एकदमै फरक धारणा छैन । सांसदहरूको धारणालाई सारमा फरक मान्नु हुँदैन । उहाँहरूले हिंसाको विरोध गर्नुभएको छ । निषेधको राजनीति नगर्न सरकारलाई दवाव दिनुभएको छ । नेपाली कांग्रेसले हिंसाको विरोध गरेपछि सांसद र नेताहरूले समर्थन भन्ने कुरै आउँदैन । तर, सरकारलाई पनि वार्ताको बाटो अंगाल्न नेपाली कांग्रेसको दवाव रहन्छ ।

० कांग्रेसले विप्लव नेतृत्वको नेकपाको विषयमा किन स्पष्ट धारणा दिन नसकेको होला ?
– हामीले त वार्ता गर भन्ने हो । सरकारले जहाँ बम विस्फोट भइरहेको छ त्यहाँ नियन्त्रण नगर्ने त कुरो हुँदैन । सरकारको दायित्व त्यस्ता घटना नियन्त्रण गर्ने नै हो । नियन्त्रण गर्नुपर्छ । शान्ति सुरक्षा त दिनैपर्छ । अर्कोतर्फ तिमीले गलत गर्दै छौँ । बम पड्काउँदै छौ भने तिमीलाई ठोक्ने मात्रै भनेर हुँदैन प्रतिपक्षले । प्रतिपक्षले तिमीले गलत गर्दै छौँ भनेर विप्लव समूहलाई वार्तामा आउ भन्नुपर्छ । सरकारलाई पनि त्यही भन्नुपर्छ ।

० विप्लवले बम पड्काएर मान्छे मारेको विषयलाई नेपाली कांग्रेसले ठीक भन्छ कि बेठीक भन्छ ?
– कसरी ठीक भन्छ ? हिंसालाई जहिले पनि कांग्रेसले बेठीक भनेको छ । र, हिंसामा गएका शक्तिलेहिंसा छोडेर आउनुपर्छ । राज्यले उनीहरूलाईवार्ताबाट मूल प्रवाहमा ल्याउनुपर्छ । कांग्रेसको हिंसाको पक्षमा छैन । हिंसा कायरता हो । हिंसालाई नेपाली जनताका माझ स्थान छैन ।

० नेपाली कांग्रेसको जागणर अभियानमा विवाद आएको छ । कसैले महाधिवेशनको कुरा गरेका छन् । कसैले संगठन सुदृढीकरणको कुरा गरेका छन् । यसमा किन विवाद भएको होला ?
– जागरणको उदेश्य पार्टीलाई जागृत गर्ने मात्रै होइन । पार्टीको धारणाहरू सार्वजनिक रुपमा राख्ने पनि हो । नेपाली कांग्रेस पार्टी जागरण अभियानको कारण देशव्यापरी रुपमा एउटा जागृत अवस्थामा पनि रहेको छ । त्यो बन्दै गर्दार भोलि महाधिवेशनमा जाँदै गर्दा त्यो विषय प्रवेश भएपछि त्यता पनि जाग्छ ।

जागृत अवस्थामा महाधिवेशन जाँदा पो राम्रो होला त । सुतेको, निदाएको, अल्छी गरेको अवस्थामा जाने भनेको प्रतिस्पर्धात्मक अवस्थामा जाने तर, जागृत अवस्थामा जाने हो नि । त्यसका लागि ठीक समयमा महाविधेशन गर्ने विषय प्रवेश हुन्छ ।

अहिलेलाई के हो भने हामी घरेलु जीवनलाई जागृत बनाउने नै हो। राष्ट्रिय राजनीतिमा हाम्रो भूमिकालाईप्रखर बनाउने हो । पार्टीलाई अझ पहिलाभन्दा पनि सुदृढ बनाउने हो । सुदृढ बनाएर जाने हो । कमीकमजोरीहरूको अन्त्य खोज्दै जाने अहिलेको हाम्रो कार्यभार हो ।

० जागरण अभियानमा तपाईहरूले गाउँका नेताहरूलाई बोल्न बन्देज लगाएर ठीक गर्नु भएन रे ? किन बन्देज लगाउनु भयो ?
– होइन बन्देज बिल्कुल लगाएको छैन । वक्ता घटाउने भन्ने केन्द्रको प्लानिङ हो । तर, स्रोता कति हुने, तल फ्लोरबाट कतिले सुन्ने, कतिले बोल्ने ? भन्ने कुरा केन्द्रले तोक्ने होइन ।

केन्द्रले लेखेको सर्कुलरमा के पनि उल्लेख छ भने केन्द्रीय प्रतिनिधिहरूलाई कि कांग्रेसले सुनाउने मात्रै होइन । आम जनता के चाहन्छन् ? कस्तो कांग्रेस चाहन्छन् ? कांग्रेसलाई के सुनाउन चाहन्छन् ? यो पनि सुनेर आउने भनेर हामीले लेखेर पठाएका छौं ।

० भातृसंगठनहरूको महाविधेशन पनि भएको छैन । पूर्णता पनि पाएका छैनन् । यी विषयहरूमा कांग्रेस नेतृत्वको ध्यान कहिले जान्छ ?
– जागरण अभियानको पहिलो चरण सकिएपछि केही विभागहरू र नेविसंघको विषयहरू टुंगोमा पुग्छ ।

० मिडिया काउन्सिलको विषयका बारेमा कांग्रेस के भन्छ ?
– यो मिडिया काउन्सिल विधेयक सुनको तरवार झुण्ड्याए जस्तो हो । कम्युनिस्ट पार्टी जनताबाट निर्वाचित भएर आएको अलिकति मायालु ढंगले तरवारले नै हान्दै गर्दा किन पित्तलकोले हान्ने भनेर सुनको तरवारले हान्न खोजेको हो । तर, प्रश्न सुनको तरवार छ कि पित्तलको छ भन्ने होइन । त्यसले दिने चोट के हुन्छ भन्ने मुख्य कुरा हो ।

 

प्रतिक्रिया

सम्बन्धित