बर्खे अधिवेशन आजबाट, कस्ताे हाेला सरकारकाे नीति तथा कार्यक्रम ?

bicc

bicc

   काठमाडौं । गत वर्ष मौलिक हकसम्बन्धी १५ वटा कानुन पारित गरेको वर्ष बर्खे अधिवेशनले यो वर्ष भने २२ वटा नयाँ विधेयक संसद्मा दर्ता गर्ने भएको छ । संघीय संसद्को बर्खे अधिवेशन सोमबार सुरु हुँदैछ।

संघीय संसदन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टा छुट्टै बैठक सोमबार ४ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। यसपालिको बर्खे अधिवेशन पनि बजेट र कानुन निर्माणको अधविशेन हुने सरकारको भनाइ छ।

गत वर्ष बर्खे अधिवेशनले बजेट पारित गरेपछि मौलिक हकसम्बन्धी १५ वटा कानुन पारित गरेको थियो भने यस वर्षको अधिवेशनमा मात्रै २२ वटा नयाँ विधेयक संसद्मा दर्ता हुने कानुनमन्त्री भानुभक्त ढकालले बताए। ्

संसदीय समितिमा १९ वटा विधेयक छन्। सरकारले ल्याएका विधेयक र संसद्मा प्रक्रियामा रहेका र समितिमा रहेका गरी ५५ विधेयक बर्खे अधिवेशनमा प्रस्तुत हुने अनुमान छ।

गत चैत १० गते हिउँदे अधिवेशन अन्त्य भएपछि एक महिनाको समयपछि बर्खे अधिवेशन सुरु हुने भएको हो । हिउँदे अधिवेशन संविधानसँग बाझिाएका कानुन निर्माणमा बढी केन्द्रित रहेको थियो। बर्खे अधिवेशन पहिला बजेट निर्माणमा केन्द्रित हुनेछ त्यसपछि कानुन निर्माण प्रक्रिया सुरु हुनेछ।

गतबर्ष ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा सहितको नीति तथा कार्यक्रम ल्याएको सरकारले अहिले विगतको नाराको सार्थकताबारे के भन्ने हो त्यसले पनि अधिवेशनको महत्वको बोकेको छ।

सरकारले बार्षिक बजेट ल्याउँदा गत वर्षको तुलनामा उत्पादनमा वृद्धि, कृषिको आधुनिकीकरण, राष्ट्रिय गौरवका आयोजनाको कार्यन्वयनमा तीव्रता ल्याउने लक्ष्य लिएको थियो। सरकारले लिएका लक्ष्यको कार्य प्रगति कति भयो अहिलेको बजेटले कसरी सम्बोधन गर्ने हो त्यो पनि महत्वको विषय बनेको छ।

बर्खे अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत, प्रि–बजेट छलफल हुने, बार्षिक बजेट पारित हुने विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल हुने र बजेट पारित गर्नेदेखि नयाँ कानुन निर्माण गर्ने काम गर्नुपर्ने भएकाले यो निकै महत्वपूर्ण मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्युजियम भ्रमण

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन