मलेसियामाथि शानदार जीत हाँसिल गरेको नेपालद्धारा ओमनलाई २३० रनको लक्ष्य

काठमाडौं । सोमबार भएको खेलमा मलेसियामाथि ९३ रनको लक्ष्य १३ ओभरमा पुरा गरेको नेपालले आज ओमनलाई २३० रनको लक्ष्य प्रस्तुत गरेको छ । आजको खेलमा कप्तान रोहित पौडेल र प्रतीष जिसी चम्किदा यू–१९ विश्वकप छनोटमा नेपालले ओमानलाई २३० रनको लक्ष्य प्रस्तुत गरेको हो । खेलमा कप्तान पौडेलले अर्धशतक (७५ रन) बनाउन सफल भए भने जिसीले सम्झनलायक ब्याटिङ गरे ।
मलेसियामा भइरहेको छनोट अन्तर्गत चौथो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाएर २२९ रन बनाएको हो। नेपालको लागि कप्तान रोहितले ८१ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७५ रन बनाए।
८१ रनमा ५ विकेट गुमेको अवस्थामा रोहितले भीम सार्कीसँग मिलेर छैटौँ विकेटका लागि ९२ रनको साझेदारी गरे। भीमले ४३ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा ३९ रन योगदान गरे।
१७८ रन हुँदा ९ विकेट गुमाएको नेपालको स्कोर उकास्ने क्रममा दशौँ नम्बरमा ब्याटिङ गरेका प्रतीषले ४१ रनको महत्वपूर्ण पारी खेले। उनले विष्फोटक ब्याटिङ गर्दै २३ बलमा २ चौका र ४ छक्का प्रहार गरे। दशौँ विकेटका लागि प्रतीषले सूर्य तामाङसँग नटआउट ५१ रनको साझेदारी गरे। सूर्य ७ रनमा नटआउट रहे।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_8jkPds4phe_vzdsv7haz3yq3zznpyibumb0xomrmz0pwfv3u2yco4jenryofqmb28twrqvy.jpg)
प्रतिक्रिया