ठगीको समाचारलाई गम्भीर प्रकृतिको अपराध देख्ने सिआईबी, यसरी बद्ननाम हुँदै छ प्रहरी संगठन

giri

 काठमाडौं। गम्भीर प्रकृतिका अपराधहरुमा संलग्न संगठित अपराधीहरुको पहिचान गर्ने उद्देश्यले गठन भएको प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी)सानातिना र अनाबश्यक घटनामा अल्मलिन थालेको छ ।

 पोखरास्थित ताण्डव न्युज साप्ताहिक र ताण्डव न्युजका सम्पादक अर्जुन गिरी पक्राउ प्रकरणमा सिआईबीले किन धेरै चासो दियो भन्ने प्रश्न सबैतिरबाट उठेको छ। एक उच्च प्रहरी अधिकारीका अनुसार यो मुद्दा प्रहरीको क्षेत्राधिकार भित्र नै पर्दैन।

 पीडित भनिएका वीपेन्द्रराज बतासले पोखराका व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई क्रमशः १ करोड ९८ लाख र २ करोड २५ लाख गरी ४ करोड २३ लाख ठगेको उजुरीका आधारमा ताण्डव न्युजमा समाचार प्रकाशित भएको थियो । वीपेन्द्रराज बतासविरुद्द ठगीको उजुरी दर्ता भएको कुरा कास्की प्रमुख एसपी ओम रानाले स्विकार गरिसकेका छन्।

 दर्ता भएको उजुरीलाई आधार बनाएर पत्रकारले समाचार प्रकाशित गरेपछि ठगीमा मुछिएका बतासले आफुलाई चोखो साबित गर्न सिआईबीमा साइबर क्राइममा उजुरी हालेका थिए। तर,ठगीको समाचार लेख्ने पत्रकारलाई सिआईबी प्रमुख निरज बहादुर शाहीले गम्भीर प्रकृतिको अपराध गरेको देखे र ठगीमा मुछिएका बतासलाई चोख्याउन पत्रकारबिरुद्द साइबर क्राइममा मुद्दा दर्ता गरेर कास्की प्रहरीलाई पत्र पठाए । 

 उजुरीकर्ता वतासले प्रेस काउन्सिलबाट ताण्डवन्युज डटकम सुचिकरणमा नपरेको पत्र लिएर सिआईबीमा गएको देखिन्छ। तर,पत्रकारलाई पक्राउ गरेपछि ताण्डवन्युज काउन्सिलमा दर्ता भएको खुलिसकेको छ ।

 प्रेस काउन्सिलले प्राबिधिक कमजोरी भनिसकेको छ र पत्रकार गिरीलाई नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट लगायतको रोहवरमा छाडिएको छ । तर, गिरीविरुद्ध सिआईबीमा परेको उजुरी खारेज भने भइसकेको छैन । स्रोतका अनुसार आईजीपी बनाउन लबिङ गरेका एक एआईजीको सल्लाहामा बतास समुह चल्दै आएको छ । 

 ति एआईजीलाई काँग्रेस सभापति शेरवहादुर देउवाकी पत्नी आरजु देउवाले बतास समुहका हर्ताकर्ता आनन्द बताससँग पटक पटक मिटिङ गराएकी थिइन।  बतासले  ठगी काण्डबाट जोगिनका लागि तिनै एआईजीको सल्लाहामा अदालत गुहारेर नयाँ हत्कण्डा अपनाएका छन् । 

 अहिले तिनै एआईजीको उक्साहट र दबाबमा प्रहरीले हेर्नै नपर्ने मुद्दालाई उचालेको बुझिएको छ। ३३ किलो सुन प्रकरण, निर्मला पन्तका हत्यारादेखी  पूर्व राजदुत केशव झाको हत्याको अनुसन्धान लगायतका गम्भिर अपराधको अनुसन्धानमा सिआईबीले कुनै सफलला हासिल गर्न सकेको छैन। तर, ठगीको समाचार लेख्ने पत्रकारलाई पक्राउ गरेर उल्टै ठगीमा मुछिएकालाई चोख्याउन खोजेपछि प्रहरी संगठनको भूमिकामाथि नै प्रश्नचिन्ह उब्जिएको छ। 

 

प्रतिक्रिया

सम्बन्धित