प्रधानमन्त्री ओली झापाको कार्यक्रम स्थगित गरेर बारा जाँदै

kp-oli

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली झापाको कार्यक्रम स्थगित गरेर हावाहुरी प्रभावित जिल्ला बारा जाँदै छन् । 
प्रधानमन्त्री ओली आइतबार झापा र मोरङका कार्यक्रममा सहभागी हुन काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका थिए ।

 सोमबार उनी झापाका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो । तर आइतबार आँधीले बारा र पर्सामा ठूलो जन–धनको क्षति पुर्याएपछि प्रधानमन्त्री पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर प्रभावित क्षेत्र जान लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित