सिके राउतसँग सरकारले गरेको सम्झौता राष्ट्रघाती : देउवा

sher

 पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिके राउतसँग सरकारले गरेको सम्झौता राष्ट्रघाती भएको बताएका छन् ।

 नेपाल प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले नेपालको कुनै पनि भूभागलाई टुक्राउने कुरा आफुलाई नभएको वताए ।

 सिके राउतले जनमत संग्रह भनेर बोलिरहेको, तर प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डनसमेत नगरेको भन्दै देउवाले आपत्ति जनाए । अलग्गै देशबाट सहमति लिएजसरी सिकेले बोलिरहेको देउवाको भनाइ छ । सरकारले फौजदारी संहिताको नाममा प्रजातन्त्र र प्रेसलाई नियन्त्रण गर्ने र अधिनायकवादमा लैजाने काम गरिरहेको देउवाको आरोप थियो ।

Comments

Top