कांग्रेसको गुट यसरी बन्दैछ गिरोह

काठमाडौँ । सरकारविरुद्ध आन्दोलनको डंका छाड्ने तर कारण नदेख्ने मुख्य प्रतिपक्षी नेपाली कांग्रेस भित्रको गुटगत राजनीति मौलाउन थालेको छ । सरकारले गरेका निर्णयमा नै दुई फरक धार र विचारको बहस चलिरहेको कांग्रेसले सदनमा समेत सरकारका कामका बारेमा खास प्रश्न उठाउन सकेको छैन ।
डा. शेखर कोइरालाले सीके राउतसँग भएका सहमतिको आलोचना गरेका छन् भने उपसभापति विमलेन्द्र निधीले सकारात्मक कदम भएको भन्दै सरकारको प्रशंशा गरेका छन् । यी बाहेकका अन्य मुद्दामा पनि कांग्रेस कमजोर देखिएको छ । खासगरी तीन गुटमा विभाजित देखिएको कांग्रेसभित्रको मतभेद समाधानका लागि सभापति शेरबहादुर देउवाले कुनै पहल नगरेको आरोप पनि लाग्दै आएको छ ।
१४ औं महाधिवेशनको तयारीमा रहेको कांग्रेसभित्र सभापति देउवा पुन अर्को कार्यकालका लागि कस्सिएका छन् भने उनलाई हटाउन अन्य गुट प्रभावशाली बन्ने होडमा छन् । सोही क्रममा पूर्वमहामन्त्री प्रकाशमान सिंहको घरमा पनि दोस्रो तहका नेताको सामुहिक बैठक भएको थियो । त्यसअघि उनै नेताहरूको बैठक सुजाता कोइराला निवासमा बारम्बार भएको थियो ।
काँग्रेसमा देउवा, पौडेल र सिटौला गुट प्रष्ट रूपमै देखिन्छ । तर उनीहरू पृथक विचार र एजेन्डाका आधारमा गुट सञ्चालन भने गरिरहेका छैनन् ।
समाजवादी चिन्तक एवम् काँग्रेस केन्द्रीय सदस्य प्रदीप गिरीले काँग्रेसमा गुटबन्दीको लफडा स्थापना कालदेखि कायम रहेको बताए । त्यहि गुट अहिले गिरोह बन्न थालेको उनको तर्क छ ।
विचारका आधारमा समूह विभाजित भए राम्रो हुने भए पनि अहिले कांग्रेसका नेतामा यो व्यक्ति उसको र त्यो व्यक्ति यसको भन्ने विवाद र तानातान रहेकाले गिरोह बन्न थालेको गिरीको ठम्याई छ । उनी भन्छन्,‘मतभेदको आधार पनि छैन, तै पनि तँ मेरो मान्छे कि उसको मान्छे भन्ने कुराले मात्र मान्यता पाएको छ । यसले पार्टीलाई राम्रो गर्दैन ।’
एउटै गुट चाँडै दुई–तीनवटा गिरोहमा परिणत भएका छन् ।
अहिले काँग्रेसभित्र देउवा पक्ष र पौडेल पक्ष भन्ने छ । तर फेरि देउवा गुटभित्र पनि अनेक उपगुट सिर्जना भएको छ । पौडेल गुटभित्र पनि त्यस्तै उपगुटहरू हाबी भएका कारण गिरोह बनाउने खेल भइरहेको गिरीले बताएका छन् ।
हिन्दुत्व मान्ने नै गुट–गुटमा छारस्ट
हिन्दु राज्य हुनुपर्ने मागमा अडिग रहेका कतिपय नेता स्व. खुमबहादुर खड्का हुन्जेल उनीसँग थिए । तर, अहिले अनेक गुटमा विभाजित रहेका छन् । हिन्दु राज्यका लागि महासमिति बैठकमा चर्को माग भएको थियो ।
हिन्दुत्वको पक्षमा पूर्वमन्त्रीहरू मोहन बस्नेत, भक्तबहादुर बलायर, चिरञ्जीवी वाग्ले, पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वगृहराज्यमन्त्री इन्द्र बानियाँ, पूर्वप्रमुख सचेतक लक्ष्मण घिमिरे, केन्द्रीय सदस्यहरू शंकर भण्डारी, कुमार खड्का, पुष्पा भुसाललगायत छन् ।
डडेल्धुरा सभापति कर्णबहादुर मल्ल, कास्की सभापति कृष्ण केसी, ओखलढुङ्गा सभापति प्रदीपकुमार सुनुवार, अछाम सभापति भरतबहादुर स्वाँर, बझाङ सभापति हर्कजङ्गबहादुर सिंह, हुम्ला सभापति जयपति रोकाय, राजुराज जोशी र भारतेन्द्र मल्लिकलगायतका महासमिति सदस्य हिन्दुत्वको पक्षमा खुलेर लागेका छन् । मल्लले त उक्त विषयलाई महासमितिको छलफको विषय बनाउनुपर्ने भन्दै नेतृत्वको आलोचनासहित प्रस्ताव नै जारी गरेका थिए ।
यी सबै अनेक गुटमा विभाजित छन् । हिन्दुत्वका विषयमा देउवा गुटमा रहेका निधी र सिटौला सहमत छैनन् । त्यसकारण उनीहरूको विचारले महासमिति बैठकमा जित हासिल गरेको थियो ।
हिन्दू राष्ट्र पक्षधर काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले हिन्दू राष्ट्रको विषय १४औँ महाधिवेशनमा सघनरूपमा उठ्ने दाबी गरिन् । पार्टीमा ५० प्रतिश भन्दाबढी नेता कार्यकर्ता हिन्दू राष्ट्रको पक्षमा रहेको भन्दै उनीहरूको आवाज रहेको दाबी गरिएको छ,जनप्रहार साप्ताहिकमा समाचार छ ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_Ho9gjsbCj3_3ezwtbef3jm17ex6fi9cnsu5uhjat9jkp7lhcrffkbdn0ic8kfqkmxn8i4gv.jpg)
प्रतिक्रिया