भक्तपुरमा भ्रष्टाचार अन्त्य गरिनेछ : सांसद बस्नेत

भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता महेश बस्नेतले भ्रष्टाचारीलाई भक्तपुर जिल्लामा कुनै पनि छुट नहुने बताएका छन् । क्रियाशिल पत्रकार मञ्च भक्तपुरले काठमाडौंको भोटेचौरमा आयोजना गरेको ‘नगरपालिका, समाचारका विषय र सञ्चारकर्मी’ विषयक दुई दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य समेत रहेका बस्नेतले भक्तपुरमा अब भ्रष्टाचारीहरुको दिनगन्ती शुरु भएको पनि दावी गरे ।
भक्तपुरलाई अब भ्रष्टारामुक्त जिल्ला बनाउने बताउँदै संसद बस्नेतले भने–‘भक्तपुरको विकास तिब्र गतिमा भएको छ, यसवर्ष मात्रै सडकका लागि ५० करोड रुपैयाको बजेट ल्याएर सडक निर्माणको काम भईरहेको छ, गाउँ–गाउँमा पक्कि सडक पुग्दैछ, भक्तपुरमा यसवर्ष मात्रै २५ किलोमिटर सडक बन्दैछ ।’
हनुमन्ते करिडोर ६ किलोमिटर निर्माण सुरु भएको र आगामी वर्षसम्म करिडोर निर्माण सबै सम्पन्न हुने बताउँदै पूर्व उद्योगमन्त्री बस्नेतले पेप्सीकोला सल्लाघारी सडक, अरनिको राजमार्गको भक्तपुर प्रवेशको जडिबुटी र मध्यपुरथिमिको हनुमन्ते पुलसम्म स्वागतद्धारसहितको पुल बन्ने बताए ।
भक्तपुरको विकास र समृद्धिका लागि हनुमन्ते नदि सफाई अभियान, करिडोर निर्माण, भक्तपुरमा हुँदै आएको सडक दुर्घटना न्यूनिकरण, कोटेश्वर, जडिबुटी, सुर्यविनायकलगायतका क्षेत्रमा बढिरहेको जाम न्यूनिकरणलगायतका लागि पनि सांसद बस्नेत सक्रिय भएर लागेका छन् ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_o4T9cmV4xB_dbeztwu4kyizysulf5wy7mbkrwcjltnsvwevcbq7j5gaimxeofadgzpqn92l.jpg)
प्रतिक्रिया