विप्लव माओवादीका जिल्ला सेक्रेटरी पक्राउ

biplb

  काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, गुल्मीका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, गुल्मीले शान्ति सुरक्षा खल्बलाएको आरोपमा जिल्ला सेक्रेटरी खिम खड्कालाई आइतबार तम्घासबाट नियन्त्रणमा लिएको हो ।

यता विप्लवको माओवादीले भने संगठन सुदृढीकरणमा लागेका आफ्ना सेक्रेटरीलाई विना कारण नियन्त्रणमा लिएको भन्दै पक्राउको निन्दा गरेका छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मीले एक विज्ञप्ति जारी गर्दै विना सर्त रिहा गर्न माग गरेको छ ।

Comments

Top