प्रेस स्वतन्त्रता हनन गर्न वर्तमान सरकार उद्दत : सभापति देउवा

sher bahadur

   काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आरोप लगाएका छन् । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आज आयोजना गरेको प्रजातन्त्रका सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृत सभामा बोल्दै सभापति देउवाले वर्तमान सरकारले फेसबुक, ट्विटर, युट्युब र अनलाईनलाई व्यवस्थित गर्ने नाममा साइबर क्राईमको आरोप लगाएर प्रेस स्वतन्त्रता हनन् गर्न लागि परेको दावी गरे ।

प्रजातन्त्र स्थापनाका लागि लिलाबहादुर पण्डितको योगदानको चर्चा गर्दै सभापति देउवाले पण्डितले देखाएको बाटो पहिल्याउने उनले बताए ।

Comments

Top