‘बी’ डिभिजन लिगः अन्तिम चरणका खेल आजदेखि

काठमाडौं । अखिल नेपाल फटबल सङ्घ (एन्फा)ले जारी ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताको अन्तिमचरणको खेल आजदेखि हुँदैछ । १२ ‘बि’ डिभिजन क्लब सहभागी उक्त प्रतियोगिताअन्तर्गत दुबै समूहका विजेता र उपविजेता अन्तिम चरणमा छनोट भएपछि एन्फाले अन्तिम चरणका खेलतालिका सार्वजनिक गरेसँग अन्तिम चरणक खेल आजदेखि एन्फा मैदानमा शुरु हुँदैछ ।
पहिलो चरणमा सहभागी १२ क्लबलाई दुई समूहमा विभाजन गरेर लिग खेलाइएको थियो । त्यसपछि दुबै समूहको शीर्ष दुई स्थानमा रहँदै सातदोबाटो युथ क्लब, श्री भगवती युथ क्लब, टुसाल युथ क्लब र आरसिटी क्लब अन्तिम चरणमा पुग्न सफल भएका थिए ।
अन्तिम चरणमा चार क्लबबीच कूल छ खेल हुनेछ । पहिलो दिन आज सातदोबाटो युथ क्लब र श्री भगवती युथ क्लब तथा दोस्रो खेल टुसाल युथ क्लब र आरसिटी क्लब खेल हुनेछ । यस्तै फागुन १९ गते टुसाल र श्री भगवती तथा सातदोबाटो र आरसिटीबीच हुनेछ भने २१ गते आरसिटी र श्री भगवती तथा सातदोबाटो र टुसला क्लबबीच खेल हुनेछ ।
छ खेलपछि सबैभन्दा धेरै अङ्क जोड्ने क्लब च्याम्पियन हुनेछ । गत माघ २५ गतेदेखि शुरु भएको प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लब झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन, टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लबले प्रतिस्पर्धा गरेका थिए ।
लिगको विजेताले रु ८ लाख पाउने छ । उपविजेताले रु ५ लाख, तेस्रो हुनेले रु ३ लाख र चौथो हुने टोलीले रु २ लाख पाउनेछन् । लिग रेलिगेशनबिनाको हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिनुभयो ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_AoRErHjl46_c7uweea9yvhnxh4huoekbstgx6fgrrirsvo0zqoxyfkiarivup1xurlltuiw.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_3q2bsieQMd_ppluidti3wvpajtvdzy82mprz7uqii4rt8iwsvpzazlfqakv6rp0y2pcjzrc.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_wGtio9xVZh_smmhkasijsrjlg0kejlvkbzsyorreul4tjzbgjzqrzexmaegb7qshpnb8scq.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_okSVD69Jhm_x23pze70httobf2brma88mb8oplwireaurwj8clkiommwoeb6vegesiqjb3v.jpg)
प्रतिक्रिया