शहीद स्मारक ‘बी’ डिभिजन लिग : आज दुई खेल

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत प्रतियोगिताको अन्तिम चरणका दुई खेल आज हुँदैछन् ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदानमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र रानीपोखरी कर्नर टिम (आरसीटी) क्लब भिड्दैछन् । समूह ‘ए’ को खेलमा आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ । आजको खेलमा विजयी हुने टोली दोस्रो चरणमा पुग्ने छ ।
दुई खेल जीत र दुई बराबरी खेलेको झम्सिखेल आठ अङ्कसाथ तालिकाको शीर्षस्थानमा छ । एक खेल जीत र दुई बराबरीसाथ आरसिटी तेस्रो स्थानमा छ । आजै हुने दोस्रो खेलमा अघिल्लो चरण पुगिसकेको टुसाल युथ क्लबले पुल्चोक स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’को खेलमा शीर्षस्थानको टुसाल क्लब एक खेल अघिनै अघिल्लो चरणमा पुगिसकेको हो ।
टुसालको तीन खेल जीत र एक बराबरी साथ १० अङ्क रहेको छ । पुल्चोकको भने दुई जीत, दुई हारका साथ समूह ‘बी’को चौथो स्थानमा छ । जीत हासिल गरेमा पुल्चोकको अघिल्लो चरण प्रवेशको सम्भावना बाँकी रहनेछ । राउण्ड रोबिन लिगका आधारमा खेलाइएको प्रतियोगिताको दुई समूहका विजेता र उपविजेता दोस्रो चरणमा प्रवेश पाउनेछन् ।
लिगको विजेता टोलीले आठ लाख, उपविजेताले पाँच लाख, तेस्रो हुनेले तीन लाख र चौथो हुने टोलीले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विधागत तर्फका उत्कृष्ट रक्षक, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार प्राप्त गर्नेछन् । (रासस)

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_rvIFGKhSzx_vskbth8pmvcbp1ofkqedzxac0zojjelbhczal0cyic480nitzgwvoqhxqcni.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_d4AiqiaXIl_for3hrseq5vz9svvorbyn7rcqghcspz2do8wb1boqebvvafbqegk8zh7rros.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_pOroGAiLRK_9ipox2fqnlv5irrytfjrwnhrdmgjny1uo94gvpwunx8cddwk3zlewezhvx4z.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_Wi9BQwQfjM_lfnjlshhgqzzt0kz4ts5ricnttp3vfxpo4vxvwcjwjyzq9l1tklvpuxongwv.jpg)
प्रतिक्रिया